Play

कांग्रेस-एमाले निकट पत्रकारको प्यानल बिरुद्द कांग्रेसको असन्तुष्ट सहित माओबादी र समाजबादी

गुरुकुल खबर


काठमाडौँ, नेपाली पत्रकारहरुको छाता संस्था भनिंदै आएको नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको निर्बाचनका लागि नेपाली कांग्रेस निकट प्रेस युनियनका उम्मेदवारको विद्रोही पक्षधरसँग नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल सहितले चुनावी गठबन्धन गरेको छ ।

कांग्रेस निकट नेपाल प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चौतारीबीच केन्द्रीय समिति, प्रदेश समिति र विभिन्न शाखाहरुको समिति बनाउन गठबन्धन हुने भनिएपनि प्रेस युनियनको एउटा समूह नेकपा माओबादी सहित अन्य पार्टी निकट पत्रकारहरुको संस्थासंग मिलेर छुट्टै प्यानल घोषणा गरेको छ।

कांग्रेस र एमालेको गठबन्धनबाट केन्द्रीय समितिको अध्यक्षमा प्रेस चौतारीकी निर्मला शर्मालाई उमेद्वार बनाउने निर्णय भएपनि कांग्रेसको एउटा समूहले माओबादी निकट प्रेस सेन्टर सहित अन्य संस्था संग मिलेर रमेश बिष्टलाई केन्द्रीय समितिको अध्यक्ष पदको उमेद्वार घोषणा गरेको हो । बिष्ट यस अगाडिको समितिमा बरिष्ठ उपाध्यक्ष रहेर काम गरेका थिए त्यस अगाडी उनले महासंघको केन्द्रीय समितिको सदस्य, कोषाध्यक्ष र महासचिब समेत बनेर जिम्मेवारी पुरा गरेका छन।

प्रेस युनियनका रमेश विष्टको नेतृत्वको प्यानलमा माओबादी निकट प्रेस सेन्टर र नेकपा एकीकृत समाजबादी निकट पत्रकारहरु सहित अन्य समेत रहेका छन। यस अगाडी प्रेस सेन्टरबाट अध्यक्षमा कमल गिरीले उम्मेदवारी दिएका थिए ।गिरीको उम्मेदवारी फिर्ता गर्न लगाएर माओवादी सहितका विपक्षी दलहरूले कांग्रेसको बिद्रोहीसँग चुनावी गठबन्धन गरेको हो ।

यो गठबन्धनले पत्रकार सम्मेलन गरेर आफूहरूको प्रतिवद्धता समेत सार्वजनिक गरेको छ । जसमा नेपाली पत्रकारिता लाई स्वच्छ, मर्यादित र उत्तरदायी बनाउनका लागि महासंघभित्र र पत्रकारिता क्षेत्रमै शुद्धीकरण गर्ने उल्लेख छ ।‘नेपाल पत्रकार महासंघलाई क्रियाशील पत्रकारहरूको मात्रै साझा संगठन बनाई आम श्रमजीवी पत्रकारको साझा नेतृत्वदायी पेशागत संगठनका रुपमा अघि बढाउने छौं’ प्रतिबद्धतापत्रमा उल्लेख छ ।

यो गठबन्धनबाट अध्यक्षमा रमेश विष्ट, वरिष्ठ उपाध्यक्षमा रोशन पुरी, उपाध्यक्ष महिलामा गंगा पौडेल (बराल), समावेशी उपाध्यक्षमा सुभाष प्रसाद साह र महासचिवमा लेखनाथ न्यौपाने रहेका छन् । खुला सचिवमा उत्तरसिंह विष्ट, मधेसी सचिवमा श्रीजन झा, महिला सचिवमा सरिता बराइली, दलित सचिवमा वसन्त विक, आदिवासी जनजाती सचिवमा भिषण राई, एशोसियट सचिवमा विकास कार्की, कोषाध्यक्षमा रामकृष्ण अधिकारी रहेका छन् ।

विभिन्न प्रदेशहरुबाट केन्द्रीय सदस्यमा उमेदवारी दिनेहरुमा कोशी प्रदेशबाट तीर्थ सिग्देल र दीपेन्द्रकुमार राई, मधेस प्रदेशबाट राजु विश्वकर्मा र संजय कुमार राउत, बागमती प्रदेश (उपत्यका बाहेक) बाट मणिराज गौतम र मीनकुमार दाहाल, गण्डकी प्रदेशबाट दिपक भट्टराई, लुम्बिनी प्रदेशबाट यानेन्द्र जीसी र सुमन अधिकारी रहेका छन। यसैगरी कर्णाली प्रदेशबाट देवीराम देवकोटा र यज्ञराज थापा, सुदूरपश्चिम प्रदेशबाट डिलबहादुर सिंह र रामसिंह ठगुन्ना, उपत्यका प्रदेशबाट अर्जुन पन्त र सूर्य सुवेदी तथा प्रतिष्ठान प्रदेशबाट वीरेन्द्र ओली र साहस भट्टले केन्द्रीय सदस्यमा उमेद्वारी दिएका छन।

खुला केन्द्रीय सदस्यमा केशव बहादुर भुल, दामोदर खनाल, लेखनाथ खतिवडा, बुद्द लोप्चन र रामकुमार श्रेष्ठ उम्मेदवार छन् । महिला सदस्यमा आदीवासी, जनजातीतर्फ सरु राना, मधेसीतर्फ मिनाकुमारी यादव, खस आर्यतर्फ दिया चन्द रहेका छन् । दलित केन्द्रीय सदस्यतर्फ लक्ष्मण दर्नाल उम्मेदवार छन् । आदीवासी जनजातीतर्फ अर्जुन बहादुर तामाङ उम्मेदवार छन् । मधेसीतर्फबाट चन्द्रदेव कामती, महिलातर्फ ललिताकुमारी साह, अपांगतातर्फ केन्द्रीय सदस्यमा अर्जुन काफ्ले, अल्पसंख्यकतर्फ केन्द्रीय सदस्यमा बख्तियार अलि रहेका छन् ।

लेखा समिति संयोजकमा ध्रुव रावल र लेखा समिति सदस्यमा गणेश प्रसाद बन्जाडे र लक्ष्मी चौधरी उम्मेदवार छन् । प्रतिष्ठान प्रदेशबाट केन्द्रीय सदस्यमा वीरेन्द्र ओली र साहस भट्ट उम्मेदवार छन् ।

२२ मंसिर २०८१, शनिबार १८:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा