Play

पत्रकार महासंघको केन्द्रिय सदस्य बन्न गण्डकी प्रदेशबाट पांचजनाको उमेदवारी

स्थानीय तहको चुनाब लडेर पराजित राना समेत पत्रकार महासंघको केन्द्रिय सदस्यको उमेदवार


गुरुकुल खबर


पोखरा, नेपाल पत्रकार महासंघमा गण्डकी प्रदेशबाट केन्द्रीय समितिको सदस्य बन्नको ५ जनाले उमेद्वारी दर्ता गराएका छन। उमेद्वारी दर्ता गराउनेहरुमा तनहुँका उज्वल पौडेल, लम्जुंगका कृष्ण केसी, नवलपुरका केबी राना र दिपक भट्टराई तथा कास्की पोखराका शिरोमणी बराल रहेका छन।

यस पटक कांग्रेस निकट नेपाल प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चौतारीको बिचमा गठबन्धन भए पनि उमेद्वारी दर्ता भने सोहि अनुरुप हुन सकेन। युनियन र चौतारीबटा एक एक जनाको केन्द्रीय सदस्यमा उमेद्वारी हुनुपर्नेमा चौतारीबाट एकजनाको मात्र उमेद्वारी परेपनि युनियनबाट भने दुई जनाको उमेद्वारी परेको छ नेकपा माओबादी निकट प्रेस सेन्टरबाट पनि दुई जनाले उमेद्वारी दिएका छन।

एमाले निकट चौतारीबाट लम्जुंगका कृष्ण केसीले उमेद्वारी दिएका छन। उनि नेपाल पत्रकार महासंघ लम्जुंगको पूर्व सभापति समेत हुन नेपाल प्रेस युनियनको तर्फबाट एक जनाले मात्र उमेद्वारी दिने समझदारी चौतारी संग भएपनि युनियनबाट दुई जनाको उमेद्वारी परेको छ। जसअनुसार एकजना गण्डकी प्रदेशको राजधानी रहेको कास्की जिल्लाको पोखराबाट शिरोमणी बराल र अर्को नवलपुर जिल्लाबाट केबी रानाको उमेद्वारी परेको छ।

गण्डकी प्रदेशमा ११ जिल्ला रहेपनि प्रदेशको राजधानी कास्की जिल्लाको पोखरा हो । प्रदेशको राजधानी रहेको र प्रदेशका जिल्लाहरुमध्ये सबै भन्दा धेरै सदस्य संख्या रहेको कास्की जिल्लाबाट शिरोमणी बरालले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यको लागि उमेद्वारी दर्ता गराएका छन। बराल नेपाल प्रेस युनियन कास्कीका पूर्व अध्यक्ष एबम नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रचार बिभागका उपप्रमुख समेत हुन।

पत्रकार महासंघको केन्द्रीय सदस्यमा उमेद्वारी दर्ता गराएका युनियनका सदस्य रहेका केबी राना नवलपुर जिल्लाको हुन्। उनि यस अगाडी सम्पन्न स्थानीय तहको निर्बाचनमा  नवलपुर जिल्लाको बौदीकालिका गाबिसको अध्यक्ष पदमा नेपाली काँग्रेसको तर्फबाट चुनाब लडेर पराजित भएका थिए । पार्टीको सक्रिय राजनीतिमा लागेका रानाले फेरी पत्रकार महासंघको राजनीति गर्ने चाहना देखाएका छन।

युनियन र चौतारीको गठबन्धन बाहिरबाट गण्डकी प्रदेशको केन्द्रीय सदस्यमा उमेद्वारी दिने अन्य दुई जना नेकपा माओबादी निकट प्रेस सेन्टरका उज्वल पौडेल र दिपक भट्टराई रहेका छन। पौडेल नेपाल पत्रकार महासंघ तनहुँका निबर्तमान अध्यक्ष हुन् भने भट्टराइ नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका निबर्तमान कोषाध्यक्ष समेत हुन भट्टराई र युनियनका केबी राना दुवै नवलपुर जिल्लाका हुन् ।

 

२१ मंसिर २०८१, शुक्रबार २३:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा