Play

नबनिर्बाचित राष्ट्रपति ट्रम्पसंग निकट विधानसभा सदस्यलाई लंगआईलेण्ड नेपाली समुदायबाट बधाई

नबनिर्बाचित बिधानसभा सदस्य ज्याक ब्लुमेनक्रान्ज र नेपाली समुदाय दुवै तर्फबाट सहकार्यको प्रतिबद्दता


गुरुकुल खबर


न्युयोर्क (अमेरिका), अमेरिकामा हालै सम्पन्न राष्ट्रपतिको निर्बाचनको क्रममा न्यूयोर्क अन्तर्गत १५ डिस्ट्रिक्टबाट निर्वाचित विधानसभा सदस्य ज्याक ब्लुमेन क्रान्जलाई नेपाली समुदायको तर्फबाट बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरियो। उनि नाबनिर्बाचित् राष्ट्रपति डोनाल्ड ट्रम्पसंग नजिक मानिन्छन र नेपाली समुदायमा पनि लोकप्रिय छन्। अमेरिकाको न्युयोर्क अन्तर्गत लंगआइल्याण्डमा रहेको ‘कोर्डिनेशन कमिटी अफ नेपालीज कम्युनिटीज, अमेरिका’द्वारा आयोजित सम्मान कार्यक्रममा उनलाई विभिन्न व्यक्ति र संस्थाको तर्फबाट बधाई तथा शुभकामना प्रकट गरिएको थियो।

समितिका अध्यक्ष बाबुराम शर्माको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा विधान सभा सदस्य ब्लुमेनक्रान्जलाई नेपाली टोपी र फूलको गुच्छा प्रदान गरिएको थियो। संस्थाका महासचिव शंकर भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन विश्वराज बास्तोलाले स्थानीय अगुवा विश्वराज बास्तोलाले गरेका थिए ।

कार्यक्रममा समाजसेवी वेदप्रसाद खरेलले नेपाली समुदायको तर्फबाट समुदायका परियोजनाहरू जस्तै सामुदायिक भवन निर्माण, स्वास्थ्य सेवा, कानूनी सहायता र शैक्षिक विकासका कार्यक्रमहरूमा सहकार्यका लागि आग्रह गरेका थिए।

नबनिर्बाचित विधानसभा सदस्य ब्लुमेनक्रान्जले पनि नेपाली समुदायको योगदानको प्रशंसा गर्दै समुदायका आवश्यकता पूरा गर्न नेपाली समुदायसंग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली समुदायका टिका ढकाल, मोहन क्षेत्री, निर्मल थपलिया, विशाल रेग्मी, राजकुमार गुरुङ, शिव फागो, निशा शर्मा, देव क्षेत्री, रामु लामिछाने, राम थापा, तेज प्रसाद तिम्सिना ,सुमन वास्तोला लगायतले उनलाई बधाई ज्ञापन गरेका थिए।

कोर्डिनेशन कमिटी अफ नेपालीज कम्युनिटीज,अमेरिकाले आफ्नो स्थापनाकाल देखिनै स्थानीय सरकार र निकायहरू सँग समन्वय गर्दै नेपाली समुदायको हकहितमा पैरवी गर्दै आएको छ। यो कार्यक्रमले पनि नेपाली समुदाय र स्थानीय नेतृत्वबीचको सहकार्यलाई अझ मजबुत बनाउने बिश्वास गरिएको छ।

१० मंसिर २०८१, सोमबार १०:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा