Play

कामना विकास बैंकका महिला कर्मचारीद्वारा बाढी प्रभावितलाई सरसफाई सामग्री सहयोग

गुरुकुल खबर


पोखरा, कामना सेवा विकास बैंक लिमिटेडका महिला कर्मचारीहरूले रसुवामा आएको बाढीबाट प्रभावित भई काठमाडौँस्थित विभिन्न होल्डिङ सेन्टरमा बसोबास गरिरहेका नागरिकहरूलाई सरसफाइ तथा व्यक्तिगत स्वच्छतासम्बन्धी सामग्री सहयोग गरेका छन् । उक्त सामग्री बैंकको मानव संसाधन विभागकी रुबी श्रेष्ठले बैंकको तर्फबाट प्रभावितहरूलाई हस्तान्तरण गरेकी हुन् ।

प्राकृतिक विपद्का कारण विस्थापित तथा प्रभावित परिवारको स्वास्थ्य, सरसफाइ र व्यक्तिगत स्वच्छतासम्बन्धी तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै महिला कर्मचारीहरूको सक्रिय सहभागितामा आवश्यक सामग्री संकलन गरी वितरण गरिएको बैंकले जनाएको छ । विपद्को कठिन परिस्थितिमा खाद्यान्न, आवास तथा अन्य राहत सामग्री जस्तै व्यक्तिगत स्वास्थ्य एवं सरसफाइका आधारभूत वस्तुहरूको आवश्यकता पनि उत्तिकै महत्त्वपूर्ण हुने भएकाले प्रभावित नागरिकको दैनिक जीवनयापनलाई केही सहज बनाउन यो पहल गरिएको हो ।

यसअघि पनि कामना सेवा विकास बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कुल २५ लाख रुपैयाँ सहयोग प्रदान गरिसकेको जनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँ र बैंकमा कार्यरत कर्मचारीहरूको एक दिनको तलबबापत १५ लाख रुपैयाँ गरी सो रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको थियो ।

१ कार्तिक २०८३, शनिबार २०:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा