Play

अमेरिका बस्ने बराललाई गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा प्रतिष्ठानको सदस्य नियुक्त, कास्की समाजको बरिष्ठ संरक्षक पनि मनोनित

गुरुकुल खबर


पोखरा, कास्कीको पोखरा महानगरपालिका -७ घर भई लामो समयदेखि अमेरिकामा बस्दै आएका विश्वनाथ बराल गण्डकी प्राबिधिक तथा ब्यबसायिक तालिम प्रतिष्ठानको तालिम सभा सदस्यमा नियुक्त भएका छन।

प्रतिष्ठान ऐनको दफा ५ को उपदफा ३ बमोजिम बराललाई ४ बर्षका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केहि महिना अगाडी नियुक्त गरेको बुझिएको छ। बराल र पाण्डे कलेजमा अध्ययन गर्ने समयका साथी रहेको बुझिएको छ । प्रतिष्ठानमा मुख्यमन्त्री संरक्षक र शिक्षा मन्त्री अध्यक्ष एबम ५ सदस्यीय कार्यकारी समिति रहने ब्यबस्था छ।

प्रदेशको आवश्यकता र श्रम बजारको मागअनुसार प्राविधिक तथा व्यावसायिक जनशक्ति उत्पादन गर्ने, प्राविधिक शिक्षा तथा तालिमको मापदण्ड निर्धारण तथा प्रमाणीकरण गर्ने र गण्डकी प्रदेशका ११ वटै जिल्लामा छोटो तथा लामो अवधिका सीपमूलक तालिम, छात्रवृत्ति र उद्यमशीलता प्रवर्द्धन गर्ने मुख्य उद्देश्य सहित प्रतिष्ठानको स्थापना गरिएको हो।

यसैगरी बराललाई कास्की समाज अन्तराष्ट्रिय समन्वय परिषदको नवनिर्बाचित समितिको गत मंगलवार बसेको बैठकले समाजको बरिष्ठ संरक्षक पदमा मनोनित गरेको छ।

समाजको पोखरामा सम्पन्न अधिबेशनबाट शिब बानिया दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्बिरोध निर्बाचित भएका थिए । यसपटकको अधिबेशनबाट असन्तुष्ट रहेका समाजका अन्य व्यक्तित्वहरुलाई समेत कार्यसमितिमा समाबेश गरिएको छ।

समाजको संस्थापक एबम पुर्व संरक्षक् समेत रहेका बरालको मार्गदर्शन, सल्लाह र अभिभावकत्वले संस्थाको संस्थागत र सांगठनिक बिकासमा महत्वपुर्ण रहने समाजको अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शिब बानियाले बराललाई दिएको पत्रमा उल्लेख छ।

बिभिन्न अन्तराष्ट्रिय संघसंस्थामा संलग्न रहँदै आएका बराल गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका पुर्व सल्लाहकार, जयनेपाल इन्टरनेशनल फाउन्डेसनका संस्थापक हुन।

उनले गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरीकाको संरक्षक एबम प्रमुख निर्वाचन आयुक्त, नेपाली जनसम्पर्क समिती अमेरीकाका संस्थापक सदस्य साथै नेपाल इन्जिनियर्स एसोसिएसनका उपमहासचिव समेत रहेर काम गरिसकेका छन।

१३ मंसिर २०८३, आईतवार २२:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा