Play

पोखराबाट करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा घोषणा हुने

गुरुकुल खबर


पोखरा, करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत यहि मंसिर १ गते देखि मंसिर १५ गते सम्मको विजेता उपभोक्ता र बिक्रेता घोषणा कार्यक्रम पोखरामा हुने भएको छ। मंसिर १६ गते बुधबार बिहान पोखरा उद्योग वाणिज्य संघको सभाहलमा नतिजा घोषणा गरिने भएको हो।

बिल माग्ने र दिने संस्कारको विकास गर्न सरकारले उपहार कार्यक्रम सञ्‍चालन गरिरहेको छ। यस उपहार कार्यक्रममा सहभागी हुनका लागि www.prize.ird.gov.np वेबसाइटमा गएर बिल नम्बर, बिक्रेताको प्यान नम्बरलगायत विवरण भरी कार्यक्रममा सहभागी बन्‍न सकिन्छ।

१०० रुपैयाँ वा सो भन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद गरी प्राप्‍त विजक उपभोक्ताहरूले वेबसाइट मार्फत इन्ट्री गर्न सक्नेछन् । विद्युतीय भुक्तानीमार्फत गरिने कारोबारमा भने कम्प्युटर प्रणालीबाट नै उपहार कार्यक्रममा स्वतः समावेश हुने गर्दछ।

कार्यक्रम अन्तर्गत १५ जना उपभोक्ताहरूले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ (कर कट्टा गरी १ लाख रुपैयाँ) उपहार प्राप्त गर्ने छन् भने १ जनाले १० लाख रूपैयाँको बम्पर उपहार प्राप्त गर्ने छन्। उक्त पुरस्कार रकम नियमानुसार २५ प्रतिशत कर कट्टा गरी ७ लाख ५० हजार रुपैयाँ भुक्तानी हुने गरेको कर कार्यालय पोखराका कर अधिकृत सुदिप रेग्मीले गुरुकुल खबरलाई जानकारी दिए ।

१३ मंसिर २०८३, आईतवार १८:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा