Play

पोखरामा कौडा खेल्ने ७ जना र पर्यटकसंग अभद्र व्यवहार गर्ने ५ जना पक्राउ

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नं. २६ बिजयपुर क्षेत्रमा जुवाको रुपमा कौडा खेलिरहेका ७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। कास्की जिल्ला प्रहरी कार्यालय मातहतको ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले कौडा खेल्ने र खेलाउने कार्यमा संलग्न ७ जनालाई नगद रू ५७ हजार सहित बिहिबार राति नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसूरमा म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ।

यसैबीच चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयबाट परिचालन गरिएको प्रहरी टोलीले जिल्ला पोखरा महानगरपालिकाको पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक क्षेत्रमा सर्वसाधारण पर्यटकहरुलाई जबरजस्ती सवारी साधनमा चढाउन खोज्ने, होटल मिलाईदिन्छु भनी झोला तान्ने, करकाप गर्ने तथा दुखहैरानी दिने ५ जनालाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका वडा नं – २ घर भई हाल जिल्ला पोखरा महानगरपालिका वडा नं ९ बसपार्क बस्ने वर्ष- २३ को रोसन गुरुङ, नवलपुरको देवचुली नगरपालिका- १६ लक्ष्मिमार्ग बस्ने वर्ष ३१ सुरेन्द्र पाण्डे, कास्कीको पोखरा महानगरपालिका वडा न. २३ बस्ने वर्ष २९ को सन्दिप बस्नेत, कास्कीको रुपा गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २४ को शंकर सुनार र गोरखाको भिमसेन गाउँपालिका वडा नं. ५ गैरिकुवा बस्ने वर्ष १९ को रमेश रिमाल रहेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिईएकाहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वडा प्रहरी कार्यालय बैदाममा पठाइएको कास्की प्रहरीले जनाएको छ।

 

१ कार्तिक २०८३, शनिबार १७:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा