Play

बडादशैं पर्व : पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा फूलपाती बढाइँ

गुरुकुल खबर


पोखरा, बडादसैँको फूलपातीका अवसरमा शनिबार पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा फूलपाती बढाइँ गरिएको छ । पोखराको चिप्लेढुङ्गाबाट सैनिक ब्याण्ड र बाजागाजासहित सुरु भएको फूलपाती बढाइँमा विभिन्न कोटघरबाट ल्याइएका फूलपातीका लावालस्करले बजार परिक्रमा गर्दै विन्ध्यवासिनी मन्दिर पुगेका थिए ।

फूलपाती बढाइँको स्वागतमा बजार क्षेत्रका स्थानीयले ठाउँठाउँमा जलघडा राखेका थिए । फूलपाती भित्र्याउने कार्यक्रममा बिन्ध्यबासिनी मन्दिर परिसरमा भक्तजनको उल्लेख्य उपस्थिति थियो ।

बर्षौंदेखिको परम्परालाई निरन्तरता दिँदै फूलपाती बढाइँको कार्यक्रम कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको उपस्थितिमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवान र सर्वसाधारण समेतको सहभागितामा सम्पन्न भएको थियो ।

उक्त अवसरमा कास्कीका प्रमुख जिल्ला अधिकारी गुरुङसहित नेपाली सेनाको फूलबारी ब्यारेकका प्रमुख सेनानी राजेन्द्र पुडासैनी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्की र सशस्त्र प्रहरी बल नेपाल कालिका गणका प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर सिंहले विन्ध्यवासिनी मन्दिरमा पूजाआजा गरेका थिए । त्यस अवसरमा सुरक्षा निकायका तर्फबाट नवदुर्गा भगवतीलाई सलामी अर्पण गरिएको थियो ।

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइएको फूलपाती नेपाली सेनाले यस क्षेत्रका विभिन्न ब्यारेकमा स्थापना गरिएका दसैँघरमा पुनः भित्र्याउने परम्परा रहेको नेपाली सेनाको फूलबारी ब्यारेकका प्रमुख सेनानी पुडासैनीले जानकारी दिए ।

त्यस्तै, नेपाल प्रहरीले पनि विन्ध्यवासिनी मन्दिरमा भित्र्याइएको फूलपाती आफ्नो दसैँघरमा पुनः भित्र्याउने परम्परालाई करिब एक सय वर्षदेखि निरन्तरता दिँदै आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक कार्कीले बताए ।

यसैबीच विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले घटस्थापनादेखि महानवमीसम्म विन्ध्यवासिनी नवदुर्गा महोत्सव सञ्चालन गरिरहेको छ । महोत्सवअन्तर्गत श्रीमद्भागवत ज्ञानमहायज्ञसमेत सञ्चालन भइरहेको र कार्यक्रममा भक्तजनको उल्लेख्य सहभागिता रहेको बिकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।

१ कार्तिक २०८३, शनिबार २१:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा