Play

दशैंको अबसर पारेर कविता क्लबमा नौ जना नारी कविको कबिता बाचन

गुरुकुल खबर


पोखरा, कविता क्लबले बडा दसैँको अवसर पारेर शनिवार पोखरामा नौ जना नारी कविहरूको सामुहिक कविता वाचन सम्पन्न गरेको छ। नवदुर्गा कविता उत्सव नाम दिइएको कार्यक्रममा पोखरामा रहेर कविता लेखनमा सक्रिय नारी कविहरुको कबिता बचन गराइएको हो। उनीहरूले दसैँ, नारी अधिकार, नारीशक्ति र समसामयिक विषयमा कविता सुनाएका थिए ।

कार्यक्रममा सरस्वती श्रेष्ठ ‘सरू’, रीता अधिकारी ऋतु, छन्दिका त्रिपाठी, चन्द्रावती वाग्ले, गीता तिवारी, प्रतिमा गुरुङ, बिर्सना बस्नेत, लक्ष्मी थापा र जुना थापाले नारीशक्ति र नारी अधिकारबारे कविता सुनाएका थिए । कविहरूले महिलालाई हेप्ने पितृसत्तात्मक समाजप्रति तीव्र रोष प्रकट गर्दै देवी वा यस्तै अन्य उपमा दिँदैमा मक्ख नपर्न नारीहरूलाई नै आह्वान गरेका थिए ।

कार्यक्रमका अध्यक्ष तथा क्लबका समेत अध्यक्ष विम्बकवि रमेश श्रेष्ठले कविता क्लबले नेपाली कविताको उत्थानका लागि साठीको दशकदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए । वाचित कविताहरूको सङ्क्षिप्त समीक्षा गर्दै उनले कवितामा प्रस्तुत विचारले नारीभित्र बर्सौँदेखि जकडिएर रहेका पीडा पोखेको बताए ।

आगामी दिनमा कविताको विकासका लागि स्कुलमा कविता कार्यक्रम आयोजना गर्नका लागि विभिन्न विद्यालयसँग कुरा भइरहेको पनि श्रेष्ठले जानकारी दिए । क्लबका उपाध्यक्ष पदमराज ढकालको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।

१ कार्तिक २०८३, शनिबार १८:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा