Play

लुम्बिनीका प्रदेश प्रमुखको धारणा- तिनवटा मात्र प्रदेश, १५० सांसद, ५०० पालिका र १५ जना मन्त्री मात्र बनाऔं

गुरुकुल खबर


बुटवल, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नेपालमा ७ प्रदेश आवश्यक नभएको तर्क गर्दै तीनवटा मात्र प्रदेश भए पुग्ने बताएका छन् । बुटवलमा अन्तर धार्मिक सद्भाव संघले आयोजना गरेको अन्तर्क्रियामा बोल्दै प्रदेश प्रमुख घर्तीले नेपालमा तीन प्रदेश, ७५ जिल्ला, बढीमा एक सय ५० जना संघीय सांसद, बढीमा १५ जना मन्त्री र ५०० भन्दा कम पालिका बनाउनुपर्नेमा जोड दिए ।

प्रदेश प्रमुख घर्तीले राष्ट्रिय सभा, उपराष्ट्रपति, उपसभामुख राज्यमन्त्री जस्ता पद आवश्यक नभएको कुरामा समेत जोड दिए । ‘नेपालमा सात हैन तीन प्रदेश, ७७ जिल्ला होइन पुरानै ७५ जिल्ला भएपुग्छ, संघीय सांसद पनि २७५ चाहिन्न,  बढीमा एक सय ५० भए पुग्छ, पालिकाहरु ७५३ लाई घटाएर ५ सय भन्दा कम बनाउनुपर्छ, राष्ट्रिय सभा, उपराष्ट्रपति, उपसभामुख राज्यमन्त्री जस्ता पद आवश्यक छैन, हटाउनुपर्छ’ प्रदेश प्रमुख घर्तीले भने ।

उनले अगाडि भने, ‘केन्द्रमा १५ जना मन्त्री भए पुग्छ, कामै नभएका उपराष्ट्रपति, राज्यमन्त्रीहरु हटाउनुपर्छ ।’ प्रदेश प्रमुख घर्तीले फुटाइएका रुकुम र नवलपरासी जिल्लालाई फेरि एउटै बनाउनुपर्ने धारणा राखे । राष्ट्रियसभा र समानुपातिक नेताका तलुवा चाटेर जाने पद भएको प्रदेश प्रमुखले टिप्पणी गरे ।

संविधान सभामा ६०१ जना सांसद बनाउँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई तीनपटक सम्म फोन गरेर सांसद बन्न अनुरोध गरे पनि आफूले काम छैन भनेर नगएको घर्तीले खुलासा गरे ।

नेपालको राजनीतिमा आर्थिक रुपमा कमजोर वर्ग राजनीतिमा लागेर अकूत कमाउने, सुविधाभोगी हुने प्रवृत्ति र अर्कोतिर  धनाढ्यले सांसद र मन्त्री पद किनेर पार्टीहरुलाई नै आफ्नो कब्जामा लिएर सिंगो राजनीतिलाई विकृत बनाएको प्रदेश प्रमुख घर्तीले टिप्पणी गरे ।

‘राजनीतिमा आउँदा केही नभएका नेताहरु सांसद मन्त्री भएपछि विना उद्योग ब्यापार पजेरो प्राडो चढ्ने, करोडौंका घर जग्गाका मालिक कसरी भए ?’, घर्तीले भने, ‘अर्कोतिर धनाढ्य व्यापारीले पैसाको बलमा टिकट पाउने, पैसाकै बलमा चुनाव जित्ने, सांसद र मन्त्री बन्ने परिपाटी भयो, राजनीति भ्रष्टहरुको चंगुलमा गयो यो सबै ठीक होइन त्यही भएर म पार्टी सभापतिले पटक पटक सांसद बन भन्दा पनि नगएको हुं ।’

घर्तीले नेपालको राजनीति सही दिशामा नगएको र जनता सन्तुष्ट नभएको धारणा राख्दै तर  राजतन्त्रतिर फर्किन सम्भव नभएको बताए । उनले आफू पदबाट राजीनामा दिन तयार रहेको तर देशलाई हानी नोक्सानी गर्ने कुरा स्वीकार्य नहुने बताए । (अनलाइन खबरबाट) 

१ मंसिर २०८१, शनिबार २२:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा