Play

उन्नती बचात तथा ऋण सहकारी संस्थाको लगानी ५७ करोड बढी

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका–९ नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ। साधारणसभाको सहकारी संस्थाका ज्येष्ठ सदस्य पोखरा महानगरपालिका–३१ निवासी ८१ वर्षीया चिजमाया गुरुङले उद्घाटन गरेकी थिईन ।

सभामा सहकारीका अध्यक्ष राजेश रानाभाटले सदस्यहरुको हित र लगानीलाई संरक्षणलाई प्राथमिकतामा राखिएको जानकारी दिंदै पछिल्लो समय केही  सहकारी संस्थामा देखिएको अपचलनका घटनाले राम्रो गरेका र वित्तिय अनुसासन भएका सहकारीमा समेत असर पुगेको बताए ।

उनले संस्थाको विकासका लागि सदस्यहरुको अझ बढी सहभागिताको अपेक्षा गरिएको र मासिक बचतलाई नियमित गर्न समेत सबैमा आग्रह गरे ।

सभामा प्रवेशिका परीक्षा उत्तिर्ण सदस्यका छोराछोरीहरु सिद्धिका बगाले, कृति ढकाल, आमोदकाजी पौडेल, मञ्जिल अर्याल र आशिष रिजाल तथा कक्षा १२ उत्तीर्ण सदस्यका छोराछोरीहरु सम्पदा बराल, जेनिशा बराल,कृष्मा पौडेल, युविका बज्राचार्य, सुप्रिया श्रेष्ठ र आरोज रानाभाटलाई सम्मान गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट आर्थिक कारोबार गर्ने सदस्यहरु डा चन्द्रप्रसाद आचार्य, कविता कार्की, सविना महर्जनलाई पनि सम्मान गरिएको थियो । संस्थाकी कर्मचारी सुनिता जिसी सर्वोत्कृष्ट वर्ष कर्मचारी २०८१ बाट नगद रु पाँच हजार सहित पुरस्कृत भईन ।

संस्थाका उपाध्यक्ष लेखनाथ अर्याल, सचिव रेवतिरमण भण्डारी, सञ्चालक समिति सदस्य एवं शिक्षा समितिका संयोजक वैकुण्ठ बराल, कोषाध्यक्ष प्रमोद थापा तथा लेखा सुपरिवेक्षण समितिका संयोजक पुरोचन उदास लगायतले संस्थाको बिबिध गतिविधिमाथि प्रकाश पारेका थिए ।

कास्की जिल्लाभर कार्यक्षेत्र रहेको उन्नति सहकारी संस्थामा हाल एक हजार ६ सय ३२ महिला र एक हजार ८ सय ७२ पुरुष गरी तीन हजार पाँच सय चार सदस्य रहेका छन् । सहकारीको शेयर पूँजी रु १३ करोड २७ लाख २२ हजार नौ सय र निक्षेप रु ५२ करोड १५ लाख ७८ हजार नौ सय ७१ रहेको छ । संस्थाले रु ५७ करोड ७२ लाख ६२ हजार चार सय ९३ ऋण लगानी गरेको कार्यालय प्रमुख  भगवान भट्टराईले जानकारी दिए ।

१ मंसिर २०८१, शनिबार १७:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा