पोखरा, नेपाली काँग्रेसमा रहेर प्रजातन्त्रको लागि योगदान गरेका जेष्ठ नागरिकहरु आबद्द संस्था नेपाल प्रजातन्त्र सेनानी संघको कास्की शाखाको दोश्रो अधिबेशन सम्पन्न भएको छ । संघको कास्की जिल्ला अधिबेशनको उद्घाटन नेपाली काँग्रेसका पुर्ब महामन्त्री एबम पूर्व सभामुख तारानाथ रानाभाटले गरेका थिए ।
अधिबेशनले देवराज वराल अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा जगन्नाथ गौतम, सचिवमा फणिन्द्रराज पराजुली र सदस्यहरुमा चित्र प्रसाद खनाल, मोतीलाल वस्ताकोटी, राममणि भट्टराई, टेकनाथ घिमिरे, यम वहादुर रानाभाट, राम प्रसाद तिमिल्सीना, रमा कार्की, जीवनजंग हिमाली, टीकाराम वास्तोला, चिरन्जीवि अधिकारी, सोमनाथ अधिकारी, गोमा सुवेदी, राधा गौतम र हाईसुव्वा गुरुङ्ग रहेका छन ।
अधिबेशनको उद्घाटन समारोहमा प्रतिवन्धित अवस्थादेखि हालसम्म पार्टीको विकास, विस्तार र सुदृढीकरणमा योगदान गरेको भन्दै २३ जना प्रजातन्त्र सेनानीहरुलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा लीलाभक्त आचार्य, भोजराज भण्डारी, केशव पराजुली, कृष्णमुरारी खनाल, मित्रलाल लामिछाने, कोमल पगेनी, पुलेन्द्रमान श्रेष्ठ, हरि वहादुर परियार, मेघमणि सुवेदी, केश वहादुर वि.क., भवानी प्रसाद वास्तोला, गंगामाया गुरुङ्ग, भोला लामिछाने, विश्वनाथ रानाभाट, शकुन्तला गुरुङ्ग, पुष्पराज पौडेल, वल वहादुर गुरुङ्ग, हर्क वहादुर सुनार, अनन्तनाथ सुवेदी, खलिल मियाँ, नन्द प्रसाद तिवारी, देवी प्रसाद वस्ताकोटी, हाजी नसीरुद्दीन मियाँ रहेका छन ।
पूर्व सभामुख एवं नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट र प्रजातन्त्र सेनानी संघका केन्द्रिय अध्यक्ष वालकृष्ण दाहाल, पूर्व मन्त्री यज्ञवहादुर थापा, नेपाली काँग्रेसका केन्द्रिय सदस्य शारदा पौडेल र जिल्ला सभापति किशोर वरालले लगायतले उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि तारानाथ रानाभाट, पार्टीका केन्द्रीय सदस्य शारदा पौडेल, प्रजातन्त्र सेनानी संघका केन्द्रिय अध्यक्ष वालकृष्ण दाहाल, पूर्वमन्त्री यज्ञ वहादुर थापा, सेनानी संघका केन्द्रिय प्रतिनिधी भरत भट्ट, नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री कोपीला रानाभाट, नेपाली काँग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण के.सी.र महिला संघ जिल्ला अध्यक्ष मिना पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीका अध्यक्ष नविनवावु पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष तिर्थ अधिकारीले र कार्यक्रम संचालन सचिव दयासागर सुवेदीले गरेका थिए ।