Play

पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगिता हुँदै, पोखराको समृद्धिमा टेवा पुग्ने

गुरुकुल खबर


पोखरा, खेलकुदका माध्यमबाट नेपाल र छिमेकी मुलुक चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्धेश्यले पर्यटकीय राजधानी पोखरामा तेस्रो संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । ‘साझा समृद्धिका लागि दौड’ को नारा सहित हुने प्रतियोगितामा नेपाल र छिमेकी मुलक चीनका खेलाडीहरुले सहभागिता जनाउने पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका दौडको आयोजक रहेका छन् । हिमालयन टुरिजम फोरमले कार्यान्वयन गर्ने प्रतियोगिता आगामी कात्तिक २२ देखि २५ गतेसम्म सञ्चालन हुने छ भने उद्घाटन कात्तिक २४ गते विहान हुनेछ । नेपालस्थित चिनियाँ दुतावास, चीनको युनान प्रान्तीय खेलकुद व्यूरो, युनान प्रान्तीय सरकारको विदेश मामिला कार्यालय,सिल्क रोड सिटीज एलायन्स जस्ता सस्थाहरुले प्रतियोगितालाई सघाउने बताइन्छ ।

प्रतियोगिताका लागि चीनियाँ खेलाडी कात्तिक २२ गते कुनमिङबाट पोखरासम्म अन्तर्राष्ट्रिय चार्टर उडानबाट आउने प्रतियोगिताका संयोजक एवं हिमालय टुरिज फोरमका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए । उनका अनुसार दौड, साइकलिङ र बोटिङ गरी ५० किलोमिटरको दूरी पार गर्नुपर्नेछ । प्रतियोगिहरूले टिम समूह, च्यालेन्ज इण्डिभिजुअल समूह, विद्यार्थी दौड र ह्याप्पी रन समूह (जुनसुकै समूह) मा सहभागिता जनाउन सक्नेछन् । टिम समूहमा ३० वटा मिश्रित टिम रहने छन् ।

यसमा कम्तीमा एक विपरीत लिङ्गको सदस्य समेटिएको हुनुपर्ने आयोजकले जनाएको छ । टिम समूहमा ९० जना खेलाडीमध्ये १० चिनियाँ र २० नेपाली टोली हुनेछ । खेलाडीले ५० किलोमिटरको दूरीमा ट्रेल रनिङ, साइकलिङ र रोइङ गर्नुपर्ने हुन्छ ।

दौडका क्रममा खेलाडीले दुई हजार दुई सय ५८ मिटर उचाइ पार गर्नेछन् । टिम समूहमा प्रथमलाई रु चार लाख ५८ हजार पाँच सय, द्धितीयलाई रु तीन लाख ४३ हजार आठ सय, तृतीयलाई रु दुई लाख २९ हजार दुई, चौथोलाई रु एक लाख ५२ हजार आठ सय र पाँचौ हुनेलाई रु ९५ हजार पाँच पुरस्कार प्रदान गरिने संयोजक पालिखेले बताए।

यसैगरी च्यालेन्ज इण्डिभिजुअल समूहमा ८० जना चिनियाँ र एक सय २० नेपाली गरी दुई सय खेलाडी सहभागी हुने छन् । यसमा ५० किलोमिटरको ट्रेलमा दुई हजार तीन सय ६६ मिटरको कुल उचाइ पार गर्नेछन् ।

च्यालेन्ज समूहको शीर्ष १० पुरुष र महिला खेलाडीहरुले नगद पुरस्कार, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले जनाएको छ । यस विधामा प्रथम हुने पुरुष र महिलाले जनही रु एक लाख ५२ हजार आठ सय,द्धितीयले रु एक लाख १४ हजार छ सय र तृतीयलाई रु ७६ हजार चार सय नगद पुरस्कार पाउने छन् । विद्यार्थी दौडको पाँच किमी विजेताले महिला र पुरुषले जनही रु ३० हजार, द्धितीयले रु २५ हजार, तृतीयले रु २० हजार पुरस्कार पाउनेछन् । विद्यार्थी दौडमा पाँच सय जनाले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताले पोखरा र यस क्षेत्रको पर्यटन प्रबर्दन साथै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा समेत सहयोग पुग्ने प्रतियोगिता संयोजक पालिखेको भनाई छ ।

२१ कार्तिक २०८१, बुधबार १५:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा