Play

बढ्दो महंगी, न्यून ज्याला बिरुद्ध इटालीमा पनि प्रदर्शन, सार्वजनिक सम्पतिमा तोडफोड र हिँसा

गुरुकुल खबर


काठमाडौं, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले बढ्दो महँगीविरुद्ध देशका विभिन्न सहरमा प्रदर्शनका क्रममा भएको हिंसा र तोडफोडको कडा निन्दा गरेकी छन् । उनले शान्तिपूर्ण प्रदर्शन लोकतन्त्रको महत्त्वपूर्ण हिस्सा भएको उल्लेख गरिन् । तर, राजनीतिक हिंसा र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने गतिविधि स्वीकार्य नहुने उनले स्पष्ट पारेकी छन् ।

मेलोनीले शान्तिपूर्ण प्रदर्शनकारी र हिंसा मच्चाउने समूहबीच भिन्नता छुट्ट्याउँदै लोकतन्त्रमा आफ्नो विचार राख्ने र विरोध प्रदर्शन गर्ने अधिकारको सम्मान गर्नुपर्ने सामाजिक सञ्जाल एक्समार्फत बताएकी छन आज शान्तिपूर्ण रूपमा प्रदर्शन गर्ने हजारौँ मानिसप्रति म उच्च सम्मान व्यक्त गर्छु । यसमा ‘सीजीआईएल’ ट्रेड युनियनको आह्वानमा सहभागी नागरिक र वामपन्थी नेताहरू पनि छन् । प्रदर्शनको मुद्दा जुनसुकै भए पनि सहभागिता जनाउनु स्वस्थ लोकतन्त्रको आधारशिला हो,” उनले भनेकी छन् ।

इटालीका विभिन्न सहरमा सुरक्षाकर्मीमाथि आक्रमण र तोडफोडका घटना भएका छन् । मिलानमा सुरक्षाकर्मीमाथि ढुंगा प्रहार हुँदा केही अधिकारी घाइते भएका थिए । हिंसा र तोडफोडका कारण जुलुस समेत रोक्नुपरेको उनले बताएकी छन् । उनले प्रदर्शनको आडमा अराजकता फैलाउने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने र सहरको जनजीवन अस्तव्यस्त बनाउने गतिविधिको आलोचना गरेकी छन् ।

मेलोनीले विपक्षी दलका नेताहरूलाई सडकमा हुने हिंसाविरुद्ध स्पष्ट धारणा राख्न आग्रह गरेकी छन् । यस्ता घटनाविरुद्ध सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिँदै उनले हिंसाबारे मौन बस्दा त्यसलाई जायज ठहर गर्ने आधार बन्न सक्ने बताएकी छन् । शनिबार देशका विभिन्न सहरमा बढ्दो महँगी र जीवनयापनको उच्च लागतविरुद्ध प्रदर्शन भएका थिए । मिलानमा मात्र पाँच हजारभन्दा बढी मानिस सडकमा उत्रिएका थिए । विद्यार्थीको नेतृत्वमा भएको प्रदर्शन ‘इटाली इन द स्क्वायर’ समितिले आह्वान गरेको थियो ।

प्रदर्शनकारीले बढ्दो महँगी, न्यून ज्याला, सार्वजनिक स्वास्थ्य सेवामा अपर्याप्त बजेट र सरकारी विद्यालयको कमजोर अवस्थाविरुद्ध आवाज उठाएका थिए । उनीहरूले सरकारको आर्थिक नीतिको आलोचना गरे ।

२ कार्तिक २०८३, आईतवार २१:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा