Play

अमेरिकामा प्रमोद सिटौला संयोजक रहेको जनसम्पर्क समिति बिस्तार, २१ सदस्यीय कार्यसमिति गठन

गुरुकुल खबर


अमेरिका, नेपाली कांग्रेसमा शशांक कोइरालाले नेतृत्व गरेको समुहले अमेरिकामा रहेका नेपाली काँग्रेस सम्बद्ध जनसम्पर्क समितिका नेता  प्रमोद सिटौलालाई नेपाली जनसम्पर्क समिति, संयुक्त राज्य अमेरिकाको संयोजकमा जिम्मेवारी दिएपछि सिटौलाले समिति बिस्तार गरेका छन। सिटौला नेपाली जनसम्पर्क समिति अमेरिकाका संस्थापक नेता एबम सामाजिक व्यक्तित्वको रुपमा स्थापित छन ।

उनलाई अमेरिकाको संयोजक बनाउन अमेरिकाका जनसम्पर्क समितिका नेता सिपि पौडेल लगायतले प्रस्ताब गरेको बुझिएको छ। सिटौलाले आँफु संयोजक रहेको जनसम्पर्क समितिलाई २१ सदस्यीय कार्यसमिति बनाएर बिस्तार गरेका हुन ।

नयाँ समितिको सहसंयोजकमा संजिव श्रेष्ठ, सदस्य सचिवमा जितेन गुरुङ र सदस्यहरुमा भुवन आचार्य, राजु शाह, दिवाकर बागचन्द, इन्द्र सिटौला, सुमन वस्ती, शिव बानियाँ, सबिन बस्नेत, शिव मल्ल, राम बहादुर देउवा, अमृत ढकाल, श्याम यादव, विनोद शाह, दिपा बोहरा, कुशल नहर्पि, रोशन अधिकारी, दिपेन्द्र विष्ट, एकराज खड्का, भरत जोशी रहेका छन् ।‌

सिटौलाले पार्टीको नीति, सिद्धान्त र निर्देशनअनुसार कार्यसमिति गठन गरिएको जानकारी दिँदै अमेरिकामा रहेका लोकतन्त्रप्रेमी नेपालीलाई एकताबद्ध गर्दै संगठनलाई थप सुदृढ, सक्रिय र संस्थागत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नवगठित समितिले नेपाली कांग्रेसको आसन्न १५औँ नियमित महाधिवेशनलाई सफल बनाउन आवश्यक भूमिका निर्वाह गर्नु नै आँफुहरुको प्राथमिकता रहेको संयोजक सिटौलाले गुरुकुल खबरलाई जानकारी दिए। त्यसका लागि अमेरिकामा रहेका पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा लोकतन्त्रप्रेमी नेपालीबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाइने उनले बताए ।

३ कार्तिक २०८३, मंगलवार ११:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा