Play

पोखरा -५ का सामाजिक एबम राजनीतिक व्यक्तित्व अधिकारीको निधन

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका – ५ का राजनीतिक तथा सामाजिक व्यक्तित्व दाेर्णराज अधिकारीकाे ७२ बर्षको उमेरमा निधन भएकाे छ । नेकपा एमालेमा रहेर लामो समय राजनीतिमा सक्रिय अधिकारीले तत्कालीन पोखरा नगरको वडा न. ५ को दुई कार्यकाल वडाध्यक्ष निर्बाचित भएर काम गरेका थिए।  केहि समयदेखि बिरामी परेका अधिकारीको कात्तिक २० गते बेलुका निधन भएकाे हो ।

अधिकारी नेपाल कम्युनिष्ट पार्टी एमाले गण्डकी प्रदेशका पूर्व सल्लाहकार एवं जेष्ठ कम्युनिष्ट मञ्च गण्डकी प्रदेश समितिका सदस्य समेत थिए। अधिकारी विभिन्न सामाजिक संघ संस्थामा समेत सक्रिय थिए।

स्व अधिकारीकी धर्मपत्नी हरिमाया अधिकारी, चार छोरा र एक छोरी रहेका छन उनका छोराहरु यातायात ब्यबसायीको रुपमा पोखरामा स्थापित छन। जेठा छोरा धर्मराज अधिकारी नेपाल रेडक्रस सोसाइटी कास्कीमा संलग्न छन भने माइला छोरा केशवप्रसाद अधिकारी पनि यातायात ब्यबसाय संगै अन्य ब्यबसायिक प्रतिष्ठानमा आबद्द छन्। अर्का छोरा दामु अधिकारी पोखरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष पनि हुन कान्छा छोरा बुद्धिराज अधिकारी र छोरी ईन्दिरा अधिकारी रहेका छन् । उनीहरु पोखरा स्थित विभिन्न लायन्स क्लबमा समेत आबद्द छन।

यसैबीच पोखरा महानगरपालिका – ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले पूर्ववडाध्यक्ष अधिकारीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।अधिकारीको निधनले पोखरा र पोखरेलीको लागि अपूरणीय क्षति भएको बरालले जारी गरेको शोक बिज्ञप्तीमा उल्लेख छ । वडाध्यक्ष बरालले अधिकारीको ब्रम्हलीन आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली एवं परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

२० कार्तिक २०८१, मंगलवार १३:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा