Play

२४ औं आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता माघ २३ बाट पोखरामा हुने

गुरुकुल खबर


पोखरा, नेपालको फुटबल इतिहासमा महत्वपुर्ण मानिने आहा ! रारा पोखरा गोल्ड कपको २४ औं शृंखला आगामी माघ महिनामा पोखरा रंगशालामा हुने भएको छ।  २४ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ को मिति माघ २२ देखि फागुन ३ सम्मको लागि तय भएको छ।

काठमाडौँ बाहिर चर्चामा रहेको सहारा क्लब पोखराले आगामी माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता संचालन गर्ने जनाएको छ । नेपालको फुटबल इतिहासमा यो प्रतियोगितालाई निरन्तर सञ्चालित एकमात्र प्रतियोगिताको रुपमा समेत लिईन्छ ।

माघ २२ देखि फागुन ३ सम्म प्रतियोगिता संचालन गर्न आयोजक सहारा क्लबले कास्की जिल्ला फुटबल संघलाई अनुरोध गरेको र त्यसपछि अखिल नेपाल फुटबल संघ एन्फाले समेत सोहि मितिमा प्रतियोगिता संचालन गर्न अनुमति दिएको सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

‘आत्मा साक्षी राखी मन वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने उद्देश्यअनुरुप सहारा कलब फुटबलको बिकास संगै सामाजिक सेवामा पनि निरन्तर क्रियाशील छ ।

क्लबले पोखरा- १७, दोबिल्लामा सूर्यबहादुर के.सी. स्मृति सहारा फुटबल एकेडेमी संचालन गरेको छ । हाल चौथो ब्याजको रुपमा एकेडेमीमा आश्रित कठिन परिस्थिति र विपन्न वर्गका ३० जना बालकहरुले उक्त एकेडमीमा अध्ययनरत छन ।

फुटबल प्रतियोगिताबाट हुने आम्दानी एकेडेमीमा आश्रित बालिकहरुको शिक्षा, आवास र दैनिक फुटबल प्रशिक्षणमा क्लबले खर्च गर्दै आएको जानकारी क्लबका अध्यक्ष केशवराज बरालले गुरुकुल खबरलाई दिएका छन।

‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ पोखरा रंगशालामा बिगत साढे दुई दशकदेखि यो प्रतियोगिता संचालन भैरहेको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ हो । पोखरा महानगरपालिका संरक्षक रहेको उक्त प्रतियोगिताको अफिसियल बैंक लुम्बिनी विकास बैंक, अफिसियल एयरलायन्स बुद्ध एयर रहेका छन् । राष्ट्रिय खेलकुद परिषद् नेपाल, अखिल नेपाल फुटबल संघ, प्रदेश खेलकुद परिषद् गण्डकी, सहारा यु.के., सहारा क्लब हङकङ, सहारा क्लब अस्ट्रेलिया, जिल्ला खेलकुद विकास समिति कास्की, कास्की जिल्ला फुटबल संघसमेतको सहयोगमा प्रतियोगिता संचालन हुँदै आएको क्लबका आजिबन सदस्य समेत रहेका पोखराका अग्रज फोटो पत्रकार शुदर्शन रन्जितले जानकारी दिए ।

उक्त प्रतियोगितामा गत वर्ष त्रिभुवन आर्मी फुटबल क्लब बिजेता र  थ्री स्टार क्लब ललितपुर उपविजेता बनेका थिए ।  गत बर्षका बिजेताले १२ लाख र उपविजेताले ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका थिए ।

९ कार्तिक २०८१, शुक्रबार १४:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा