Play

बेल्जियममा कम उमेरकी प्रज्ञा तिमिल्सिना सहित दुई नेपाली नगर सदस्यमा निर्बाचित

गुरुकुल खबर


बेल्जियम, बेल्जियममा भएको स्थानीय तहको निर्बाचनमा दुई नेपाली मुलका उमेदवार निर्बाचित भएका छन । उक्त निर्बाचन अन्तर्गत ब्रुगे नगरपालिकाको सदस्यमा दोश्रो पुस्ताकी प्रज्ञा तिमील्सिना र लुभेन नगरपालिका सदस्यमा सुर्य ढकाल निर्बाचित भएका हुन् । निर्बाचनमा अन्य नगरपालिका र अन्य क्षेत्रमा अरु नेपालीहरुपनि उमेदवार बनेको भएपनि तिमिल्सिना र ढकाल मात्र निर्बाचित भएका हुन् ।

ब्रुगे नगरपालिकाको सदस्यमा निर्बाचित तिमिल्सिना सानो उमेरमा राजनीतिमा प्रवेश गरेकी हुन् । उनि संभवत सबैभन्दा कम उमेरमा उक्त नगरको सदस्यमा निर्बाचित भएकी हुन् । उनि बहालवाला मेयरको पार्टी CD&V बाट उमेदवार बनेकी हुन् ब्रुगे नगरको मेयरमा डिक डे फाव Dirk De Fauw निर्बाचित भएका छन् ।  निर्बाचनमा खसेको मत मध्ये ३८.४ प्रतिशत मत सहित उनीहरुको पार्टी  CD&V पार्टी पहिलो बनेको छ ।

संभवत कान्छी सदस्यको रुपमा निर्बाचित  प्रज्ञाले नगर सदस्यमा बिजयी भएपछि प्रतिक्रिया दिंदै आफुले समाज र देशको लागि निरन्तर पाइला चाल्ने बताउंदै आँफुलाई जिताउन सबै किसिमको सहयोग गर्नेहरुप्रति आभार प्रकट गरिन ।  आफ्नो बुवाको प्रेरणाबाट आफुलाई राजनीतिमा प्रवेश गर्न मन लागेको उनले बताइन । उनका बुवा नेपाली जनसम्पर्क समिति बेल्जियमका पूर्व अध्यक्ष एबम नेपाल बिद्यार्थी संघ कास्कीका पूर्व अध्यक्ष पूर्ण तिमिल्सिना हुन् ।

बेल्जियमको स्थानीय निर्वाचन यस पटक करिब चालिस प्रतिशतको हाराहारीमा मात्र मत खसेको थियो। यसपटक मतदानको लागि अनिबार्य ब्यबस्था नगरेको कारण मत कम खसेको अनुमान गरिएको छ । मतदातामा पनि युवाहरुको उपस्थिति निकै कम देखिएको प्रज्ञाका बुवा पूर्ण तिमिल्सिनाले गुरुकुल खबरलाई जानकारी दिए । उनले निर्बाचनमा छोरी प्रज्ञाको पक्षमा मतदान गर्ने नेपाली , बंगाली, भारतीय , अफगानी , अल्बेनियन , कोसोभियन , म्यासेडोनी लगायत सम्पूर्ण बेल्जियम समुदाया प्रति आभार प्रकट गरेका छन ।

गैर आवाशीय नेपाली संघ बेल्जियमका अध्यक्ष एबम नेपाली जनसम्पर्क समिति बेल्जियमकी सिता सापकोटा सहित बेल्जियममा रहेका नेपाली समुदायको तर्फबाट प्रज्ञा र सुर्यलाई बधाई दिने क्रम सामाजिक संजाल सहित भौतिक रुपमा समेत चलिरहेको छ ।

२८ आश्विन २०८१, सोमबार ०४:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा