Play

कर्मचारी युनियनको भेला तथा प्रशिक्षण बन्दीपुरमा, संगठन र नेतृत्व सक्षम हुनुपर्नेमा जोड

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेस निकट कर्मचारीहरुको संस्था नेपाल निजामती कर्मचारी युनियनको समावेशी विभागले आयोजना गरेको  दुईदिने भेला तथा प्रशिक्षण कार्यक्रम तनहुँको बन्दिपुरमा सम्पन्न भएको छ । भेलामा निजामती कर्मचारीको युनियनमा समावेशी सहभागिताको विषय सहित संगठन सुदृढिकरण, निजामती कर्मचारीहरुको नेतृत्व बिकास लगायत बिषयमा प्रशिक्षण दिइएको थियो ।

भेलामा युनियनको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिका पदाधिकारी एबम सदस्यहरु  समेत गरि १ सय ५० जना भन्दा बढीको सहभागीता रहेको थियो ।

भेलाको उद्घाटन नेपाली काँग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले गरेका थिए त्यस अबसरमा बोल्दै गुरुङले  निजामती कर्मचारीहरुको वृतिबिकासको लागि यस्ता कार्यक्रम लाभदायी रहेको बताउनुभयो । राष्ट्रसेवक कर्मचारीहरुले छिटोछरितो सेवा प्रवाह गरेमात्र सरकारको प्रभावकारिता देखिने गुरुङको भनाई थियो ।

युनियनका केन्द्रिय उपाध्यक्ष पुरन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै  केन्द्रीय उपाध्यक्ष गुरुङले निजामती क्षेत्रमा समावेशी सहभागितालाई प्राथमिकताकासाथ राखिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा युनियनका पूर्व केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी,  युनियनका गण्डकी प्रदेश अध्यक्ष दिपक  रेग्मी, केन्द्रिय सदस्य यमप्रसाद शर्मा, नवीन पन्थी लागायतले निजामति कर्मचारीहरुले भोग्नुपरेका समस्या र सरकारले गर्नुपर्ने कामका बारेमा चर्चा गर्दै संगठन र नेतृत्व सक्षम हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा  नेपाल निजामति कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेश श्रेष्ठले संगठनलाई गतिशिल बनाउन यस किसिमका भेला र प्रशिक्षण कार्यक्रम उपयोगी हुने बताए । युनियनका केन्द्रिय सदस्य चित्रा ढकालले स्वागत मन्तव्य राख्दै निजामती कर्मचारीहरुको आवश्यकता र जिम्मेवारीका बारेमा प्रकाश पारेकी थिइन ।

सो भेलामा आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै लाखे नाच सहित प्रभात फेरी र र्याली समेत गरिएको युनियनले जनाएको छ।

१३ आश्विन २०८१, आईतवार २०:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा