Play

प्रेस रजिष्ट्रारमा नियुक्त भण्डारीको पद बहाली

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारमा नियुक्त विमला भण्डारीले पद बहाली गरेकी छन । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष भण्डारीलाई रजिस्ट्रार नियुक्त गरेको थियो । सोमबार उनलाई गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले पद बहाली गराएका थिए।

गण्डकीको पहिलो प्रेस रजिष्टार नियुक्तिका लागि सरकारले गत १६ साउनमा १५ दिनको म्याद दिएर सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेकोमा ५ जनाले दरखास्त दिएका थिए ।

छनोट समितिका सदस्यसचिव समेत रहेका मुख्यमन्त्री कार्यालयका सचिव केशवराज ढकालका अनुसार उक्त पदका लागि ५ जनाको दरखास्त परेका थिए । जसमा भण्डारीसहित भरत कोइराला, भानु पराजुली, दुर्गा अधिकारी, सरिता तिम्सिना पगेनी प्रतिस्पर्धी थिए ।

आर्थिक मामिला मन्त्री एवं सरकारका प्रवक्ता डा. टकराज गुरुङको संयोजकत्वमा गठित ३ सदस्यीय छनोट समितिले गरेको सिफारिसको आधारमा भण्डारीलाई नियुक्त गरिएको हो । गण्डकी प्रदेश आमसञ्चार ऐन, २०८० बमोजिम आगामी ४ वर्षका लागि उनि प्रेस रजिष्ट्रार नियुक्ति भएकी हुन ।

३ आश्विन २०८१, बिहीबार ०७:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा