Play

लामाचौर कप भलिबलको बिजेता एपीएफलाई १ लाख ५० हजार, उपविजेता न्यु डाईमण्डलाई १ लाख पुरस्कार

गुरुकुल खबर


पोखरा, लामाचौर कप भलिबल च्याम्पियसिपमा महिलातर्फको उपाधि विभागीय क्लब एपिएफले उचालेको छ । नव आदर्श सामुुदायिक विकास समाजको वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा आज भएको फाइनल खेलमा टिपटप न्युु डायमण्ड युुथ स्पोट्र्स क्लबलाई ३–१
को सेटमा हराउँदै उपाधि चुुमेको हो ।

पहिलो सेट २५–२३ ले हराएको एपिएफले दोस्रो सेटमा पनि २५–२३ कै जित हासिल ग¥यो तर, तेस्रो सेटमा भने निकै पछि प¥यो । एक समय डायमण्डका सुमित्रा रेग्मीले लगातार सर्भिसमा अंक ल्याएपछि १६–९ बाट २०–९ को स्थितिमा पुुगेको थियो ।

त्यसपछि डायमण्डले २५–१३ को जित हासिल गर्दै खेलमा फर्कियो । चौथो सेटमा भने एपिएफले पुनः लय समात्दै २५–१० ले हराउँदै उपाधि चुमेको हो । यस अघि लिगचरणको अन्तिम खेलमा न्यु डायमण्डले एपिएफलाई ३–० को सोझो सेटमा हराउँदै तालिकाको शीर्षस्थानमा पुुगेको थियो ।

उपाधिसँगै एपिएफले नगद रु एक लाख ५० हजार रुपैयाँ हात पारेको छ । उपविजेता न्यु डायमण्डले एक लाख एक सय ११ रुपैयाँ हात पारेको छ । डायमण्ड गतवर्षको समेत उपविजेता हो । प्रतियोगितामा एभरेष्ट भलिबल क्लबले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको छ । तेस्रो हुँदै एभरेष्टले ५० हजार एक सय ११ रुपैयाँ हात पारेको छ । एभरेष्टले गण्डकी प्रदेशलाई २५–१५, २५–२१ र २५–१७ ले हराएको थियो ।

यस्तै पुुरुषतर्फ तेस्रो स्थानका लागि भएको खेलमा ट्राभल इन्क्वाईरी गलकोटले गण्डकी प्रदेशलाई सोझो सेटमै हराउँदै तेस्रो स्थान हासिल गरेको छ । यस अघि लिग चरणको खेलमा गण्डकीले गलकोटमाथि ३–२
सेटमा हराएको थियो ।

गलकोटले २७–२५, २५–२२ र २५–२२ ले हराउँदै ५० हजार एक सय ११ रुपैयाँ प्राप्त ग¥यो । अब पुरुषतर्फ विभागीय डर्वी नेपाल पुलिस र एपिएफ उपाधिका लागि भिड्दै छन् ।

भदौ १९ गतेदेखी चलेको प्रतियोगिताको महिलातर्फ ४ र पुरुषतर्फ ४ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता राउन्डरोविन लिगको आधारमा खेलाइएको थियो । लिगका दुुइ शिर्षटिम फाइनलमा प्रवेश गरेको थियो। गतवर्ष महिलातर्फ पुलिस र पुरुषतर्फ गण्डकी प्रदेश च्याम्पियन बनेका थिए ।

२१ भाद्र २०८१, शुक्रबार १८:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा