पोखरा, नेपाल सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । २०८० कार्तिक २७ गते बसेको मन्त्रीपरिषदको बैठकले सामाजिक संजाल मध्येको एक टिकटकलाई बन्द गर्ने निर्णय गरेको थियो।
प्राधिकरणले साउन ६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार टिकटक खुला गर्न सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन जारी गरिसकेको उक्त सूचनामार्फत जनाएको छ।
टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम भएको भन्दै २०८० कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
बन्द भएको १० महिना पछि संचालनमा आएको टिकटक सबै नेटवर्कमा चल्ने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै टिकटकमाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाइएको जानकारी गराएको हो ।
२१ भाद्र २०८१, शुक्रबार १७:०५ मा प्रकाशित