Play

अमेरिकामा नेपाली समुदायको गतिबिधिलाई तिब्रता दिन पहल

गुरुकुल खबर


न्युयोर्क, अमेरिकाको न्यूयोर्कमा नेपाली समुदायका सामाजिक गतिविधिहरूलाई तिव्रता दिन थप पहल गरिएको छ। संयुक्त राष्ट्रसंघ न्यूयोर्कका लागि नेपालको स्थायी प्रतिनिधि लोक बहादुर थापा र संयुक्त राज्य अमेरिकाको नेपाली समुदाय समन्वय समिति बीच भएको भेटघाटले यसलाई उचाइमा पुर्याएको छ।

भेटघाटले विशेष गरी अमेरिकामा रहेका नेपालीहरूको मुद्दाहरू, संस्कृति, र पहिचानको प्रवर्द्धनमा महत्वपूर्ण छलफलहरू गरेको छ। भेटघाटमा समन्वय समितिका अध्यक्ष बाबुराम शर्माको नेतृत्वमा गएका प्रतिनिधिहरूले नेपाली समुदायको आवश्यकताहरू, उनीहरूले सामना गर्नुपर्ने चुनौतीहरू र आगामी योजनाहरूको बारेमा स्थायी प्रतिनिधि थापासँग बृहत् छलफल गरेका छन्।

प्रतिनिधिमण्डलमा न्यूयोर्कस्थित नेपाली समुदायका प्रमुख नेताहरू वेद खरेल, विश्वराज बास्तोला, टिका ढकाल, मोहन क्षेत्री, शंकर भण्डारी र निर्मल थपलिया सहभागी थिए।

भेटघाटको क्रममा समन्वय समितिले नेपालको स्थायी नियोगसँग सहकार्य गर्दै नेपाली समुदायको पहिचान र सम्मानलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। दुवै पक्षबीचको यस सशक्त सहकार्यले आगामी दिनमा नेपाली समुदायको विकास, स्थायित्व, र एकता कायम राख्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

स्थायी प्रतिनिधि लोक बहादुर थापाले समन्वय समितिले गरेका कार्यहरूको प्रशंसा गर्दै भविष्यमा पनि नेपाल र नेपाली समुदायको हितमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भेटघाटले नेपाली समुदायमा सकारात्मक ऊर्जा र उत्साह भरेको छ, जसले आगामी गतिविधिहरूमा थप सक्रियता र सहभागिता बढ्ने अपेक्षा गरिएको अमेरिकाबाटटिकाराज ढकालले गुरुकुल खबरलाई जानकारी दिएका छन।

१८ भाद्र २०८१, मंगलवार ११:४० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा