पोखरा, गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी बाट हटाएर वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिईने भएपछि मन्त्री राजिब गुरुङ अर्थात दिपक मनांगे असन्तुष्ट बनेका छन उनले बन मन्त्रालयको जिम्मेवारी आफुले नसम्हाल्ने बताएका छन।
यसअघि मनाङेले सम्हालेको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय नयाँ समीकरणपछि एमालेको भागमा परेको थियो। त्यसपछि उनलाई वन तथा वातावरण मन्त्रालय छुट्टाइएको थियो । त्यसमा असन्तुष्टि जनाउँदै मनाङे सोमबार मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा सहभागी भए पनि बन मन्त्रीको कार्यभार सम्हाल्न मन्त्रालय भने भने गएका छैनन।
मनांगेले वन मन्त्रालय नस्विकार्ने बताएका छन । ‘वन मन्त्रालय मैले स्वीकारेको छैन । मुख्यमन्त्रीज्यूसँग कुरा गर्दैछु’ उनले केहि संचारकर्मीसंग भनेका छन । कुरा नमिले राजीनामा दिने उनको चेतावनी छ ।
कम प्रभाव भएको मन्त्रालय दिएको र वरीयता पनि घटाइएको भन्दै मनाङेले असन्तुष्टि जनाउँदै राजीनामा दिने बताएका हुन् । उनलाई छैठौं वरीयतामा राखिएको छ । यसअघि ५ जनामन्त्री हुँदा उनी तेस्रो वरीयतामा रहेका थिए ।
मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रममा गएपनि कम प्रभाव भएको मन्त्रालय र वरीयता पनि घटाइएको भन्दै असन्तुष्टि जनाएका थिए । मनाङे कार्यक्रमस्थलबाट पनि रिसाउँदै निस्किएका थिए ।
मन्त्री मनाङेले मन्त्रालयबारे छलफल गर्न स्वकीय सचिव सन्तोष अधिकारीलाई मुख्यमन्त्री कार्यालय पठाएको र वन मन्त्रालयका सचिवसमेत छलफलमै रहेको जानकारी दिए । मनाङे मन्त्री रहेको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी एमालेका प्रकाशबहादुर केसीले पाएका छन् ।