पोखरा, प्रहरीले पोखरा महानगरपालिका -९ नयाबजर स्थित बिभुति फार्मेसीका संचालक केदार अधिकारी सहित पोखराको नयाबजारमा डेरा गरि बस्ने धादिंगका विजय पोखरेललाई लागुऔषध किनबेचको अभियोगमा पक्राउ गरेको छ।
बुधबार बेलुका करिब ८ बजेको समयमा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारमा शंकास्पद अवस्थामा धादिङ निलकण्ठ नगरपालिका वडा नं.०९ घर भएका वर्ष २७ का बिजय पोख्रेललाई फेला पारी निजको शरिर खानतलासी गर्दा निजको झोलाबाट लागू औषध टपेनटडोल हाइड्रोक्लोराईड क्याप्सुल १२० चक्की बरामद गरेको थियो।
त्यसपछि प्रहरीले निजलाई सोधपुछ गर्दा पोखरा -९ नयाबजार स्थित बिभुति फार्मेसीबाट खरिद गरेको भनेपछि प्रहरीले फार्मेसीमा समेत खानतलासी गरेको थियो। त्यस क्रममा उक्त लागु औषध ९० चक्की फार्मेसीबाट बरामद भएकोले फार्मेसी संचालक ४८ बर्षीय केदार अधिकारीलाइ समेत पक्राउ गरि अनुसन्धान गरिएको छ।
कास्की प्रहरीका अनुसार अधिकारीलाई ९ दिन र पोखरेललाई १० दिन म्याद थप गरि अनुसन्धान भैरहेको छ।