Play

लागूऔषध किनवबेचको अभियोगमा पोखराको बिभुति फार्मेसीका केदार सहित दुईजना पक्राउ

गुरुकुल खबर


पोखरा,  प्रहरीले पोखरा महानगरपालिका -९ नयाबजर स्थित बिभुति फार्मेसीका संचालक केदार अधिकारी सहित पोखराको नयाबजारमा डेरा गरि बस्ने धादिंगका विजय पोखरेललाई लागुऔषध किनबेचको अभियोगमा पक्राउ गरेको छ।

बुधबार बेलुका करिब ८ बजेको समयमा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारमा शंकास्पद अवस्थामा धादिङ निलकण्ठ नगरपालिका वडा नं.०९ घर भएका वर्ष २७ का बिजय पोख्रेललाई फेला पारी निजको शरिर खानतलासी गर्दा निजको झोलाबाट लागू औषध टपेनटडोल हाइड्रोक्लोराईड क्याप्सुल १२० चक्की बरामद गरेको थियो।

त्यसपछि प्रहरीले निजलाई सोधपुछ गर्दा पोखरा -९ नयाबजार स्थित बिभुति फार्मेसीबाट खरिद गरेको भनेपछि प्रहरीले फार्मेसीमा समेत खानतलासी गरेको थियो। त्यस क्रममा उक्त लागु औषध ९० चक्की फार्मेसीबाट बरामद भएकोले फार्मेसी संचालक ४८ बर्षीय केदार अधिकारीलाइ समेत पक्राउ गरि अनुसन्धान गरिएको छ।

कास्की प्रहरीका अनुसार अधिकारीलाई ९ दिन र पोखरेललाई १० दिन म्याद थप गरि अनुसन्धान भैरहेको छ।

६ भाद्र २०८१, बिहीबार १९:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा