Play

कास्कीमा तीजपर्ब महिला संघका पूर्व अध्यक्ष समेतको सम्मान र नाचगान गरि मनाउदैछौं-नेत्री अधिकारी

कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलगायत पार्टी र महिला संघका नेताहरु अतिथिको रुपमा आमन्त्रित


गुरुकुल खबर


पोखरा,  नेपाली महिलाहरुको महान पर्बको रुपमा मानिंदै आएको हरितालिका तीज पर्वको अबसरमा नेपाल महिला संघ कास्कीले बिभिन्न कार्यक्रमका साथ मनाउने भएको छ।

नेपाल महिला संघ कास्कीकी नेत्री एबम माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सिता अधिकारीका अनुसार भदौ ७ गते हुने कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको छ। यसका साथै नेपाली काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा र प्रदेश सरकारमा काँग्रेसको तर्फबाट मन्त्री रहेका बिन्दुकुमार थापा र डा. टकराज गुरुङलाई पनि कार्यक्रममा आमन्त्रण गरिएको छ।

यसका साथै गण्डकी प्रदेशबाट महिला संघ र पार्टीमा नेतृत्व गर्ने महिलाहरुलाई पनि कार्यक्रममा आमन्त्रण गरिएको बताउंदै कांग्रेस गण्डकी प्रदेश सदस्य सिता गुरुंगले महिलाहरुबीच तीज पर्वको अबसरमा शुभकामना आदान प्रदान र दर खाने कार्यक्रम हुने र ५ सय बढी महिलाको सहभागीता रहने अपेक्षा गरिएको बताइन। कार्यक्रमको संयोजन महिला संघ कास्कीकी सभापति शारदा गिरी रहेको उनले बताइन।

पोखराको नयासडक स्थित दीपसागर होटलको सभाहलमा हुने उक्त कार्यक्रममा नेपाल महिला संघ कास्कीका पूर्व अध्यक्षहरु शकुन्तला गुरुङ, शारदा पौडेल, तारा अधिकारी र कोपिला रानाभाट, पूर्व केन्द्रीय सदस्य आनन्दी राणा कार्की, खेमकुमारी बराल, कमला बराल, बिन्दु सुबेदी, शारदा बाँस्तोला लगाएत महिला संघको संस्थागत बिकासमा योगदान पुर्याउने व्यक्तित्व हरुलाई सम्मान समेत गरिने कार्यक्रम रहेको समेत अधिकारीले जानकारी दिईन।

 

५ भाद्र २०८१, बुधबार २२:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा