Play

मिस मगरमा सहभागी बिस मध्ये एघार अन्तिम चरणमा, भदौ २२ गते फाइनल हुने

गुरुकुल खबर


पोखरा,  हरेक वर्ष आयोजना हुँदै आएको मिस मगर नेपाल २०२४ को शिर्ष प्रायोजन निट डेन्टल केयर प्रालिले गर्ने भएको छ । सातौ संस्करणको मिस मगर नेपाल २०२४ को शिर्ष प्रायोजकको रुपमा निट डेन्टल केयर प्रालिले  गर्ने कार्यक्रमका टिम संयोजक प्रियन्का गर्बुजा मगरले जानकारी दिईन् ।


मिस मगर नेपालको शिर्ष प्रायोजन सम्झौता पत्रमा आज (बिहीबार) निट डेन्टल केयर प्रालिका निर्देशक बिरबहादुर राना (विरेन्द्र) र मिस मगर नेपालका कार्यक्रम निर्देशक सुरज थापामगरले हस्ताक्षर गरे । सातौ संस्करणको मिस मगर नेपालमा २० जना प्रतिस्पर्धीहरु मध्ये ११ जना फाइनल चरणमा प्रवेश गरेका छन् । अहिले ११ जना प्रतिस्पर्धीहरुलाई विभिन्न तालिमहरु दिँदै आएको कार्यक्रम टिम संयोजक गर्बुजा मगरले जानकारी दिईन।

उनका अनुसार फाइनल चरणमा दिपिका आले मगर (रामेछाप), आशिका गर्बुजा मगर (म्याग्दी), अनुजा पुन मगर ( बागलुङ), नरिशा पुन मगर (म्याग्दी), सरिता थापामगर (रामेछाप), माया दर्लामी मगर (स्याङ्जा), रश्मि आले मगर (महोत्तरी), जानकी राजकोटी मगर (महोत्तरी), अस्मिता बुढा मगर (रोल्पा), कृष्टिना पुन मगर (म्याग्दी) र जेरुशा सारु मगर (काठमाडौं) रहेकी छिन् ।

अहिले मिस मगर नेपाल २०२४ का सातौ संस्करणका प्रतिस्पर्धीहरुलाई मगर मातृभाषा, कला, संस्कृतिहरु बारे प्रशिक्षण भइरहेको छ  । प्रतिस्पर्धीहरुलाई कार्यक्रम संयोजक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरले भाषा, कला र संस्कृतिको प्रशिक्षण दिइरहेका छन् ।

मिस मगरका प्रतिस्पर्धीहरुलाई मातृभाषाको तालिमसँगै नेतृत्व विकास भेषभुषा, कला र संस्कृति लगायतका विभिन्न तालिमहरु समेत प्रदान गर्दै आएको आयोजकले जनाएको छ । मिस मगर नेपालको सातौं संस्करणको ग्राण्ड फिनाले भदौ २२ गते पोखरामा हुनेछ ।

३१ श्रावण २०८१, बिहीबार १९:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा