Play

पोखरा महानगरपालिका – ४ कार्यालयले तीजगीत प्रतियोगिता गर्ने

गुरुकुल खबर


सुबर्ण केसी / पोखरा 

नेपाली महिलाहरुको महत्वपुर्ण सांस्कृतिक पर्बको रुपमा रहेको हरितालिका तीजको अबसरमा पोखरा महानगरपालिका वडा न. ४ मा तीज गीत प्रतियोगिता हुने भएको छ। आगामी भदौ १५ गते शनिबार हुने उक्त प्रतियोगितामा वडा न. ४ अन्तर्गत रहेका आमा समूहहरु, टोल बिकास संस्थाहरु र मिसा पुचसंग सम्बन्धित विभिन्न टोलीको सहभागिता रहने वडा न. ४ का वडाध्यक्ष देबकृष्ण पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए।

वडाध्यक्ष पराजुलीका अनुसार मौलिक कला, संस्कृति र परम्परा जगेर्ना गर्ने र महिलाहरुको शसक्तिकरणमा टेवा पुर्याउने उद्धेश्यले कार्यक्रम गरिएको हो । वडा कार्यालयले यस अगाडी पनि यस किसिमको तीज गीत प्रतियोगिताको आयोजना गरेको थियो । वडा कार्यालयले स्थानीय बिकास निर्माणका कामहरुको साथै संस्कृति र परम्पराको जगेर्ना गर्न योमरी महोत्सब, तायमचा नृत्य आदिमा सहयोग गर्दै आएको छ।

स्थानीय गणेश गुठिको परिसरमा हुने प्रतियोगितामा बिजयी हुनेहरुलाई पुरस्कारको ब्यबस्था समेत गरिएको छ। जस अनुसार प्रथम हुने समुहलाई २० हजार, दोश्रो हुने समुहलाई १५ हजार, तेश्रो हुने समुहलाई १० हजार र शान्त्वना हुने समुहलाई ५ हजार रुपैया नगद पुरस्कारको ब्यबस्था गरिएको छ।

यसैगरी उत्कृष्ट भेषभुषाको लागि ३ हजार, उत्कृष्ट नृत्यको लागि ३ हजार र उत्कृष्ट समय ब्यबस्थापकको लागि पनि ३ हजार रुपैया पुरासार ब्यबस्था गरिएको उक्त प्रतियोगितामा सहभागी बन्ने सबै समुहलाई २ हजारको दरले सहयोग गरिने भएको वडा सदस्य पार्वती माकाजुले जानकारी दिईन।

तीज गीत प्रतियोगितासंगै स्थानीय र लोकप्रिय कलाकारहरुले विभिन्न गीत संगीत समेत प्रस्तुत गर्ने कार्यक्रम छ जस अनुसार सुनिता, दुर्गा र कृष्ण सुबेदी लगायतका कलाकारले तीज गीत सहित विभिन्न लोक गीत प्रस्तुत गर्ने छन।

 

३१ श्रावण २०८१, बिहीबार ०८:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा