Play

सुनकोशी नदीमा सुमो गाडी खसेर दुर्घटना : तिनको मृत्यु, तिन बेपत्ता र चार घाइते

गुरुकुल खबर


सिन्धुली, सिन्धुलीस्थित सुनकोशी नदीमा यात्रुवाहक सुमो खस्दा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ । फिक्कल गाउँपालिका–६ नागथान स्थित मध्यपहाडी लोकमार्गमा गएराति साढे दुई बजेको समयमा खोटाङ जाँदै गरेको सुमो सुनकोशी नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार टाटा सुमोमा सवार ३ जना महिलाको घटनास्थलमा नै मृत्यु भएको छ भने चालकसहित ४ जना घाइते भएका छन्। दुर्घटनामा परेर अन्य ३ जना सुनकोशी नदीमा बेपत्ता भएका छन्।

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको टाटा सुमो अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको थियो। घटनास्थलबाट तीन जना महिलाको शव फेला पारेको र उनीहरुको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते भएका ४ जनालाई उद्धार गरी तत्काल उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर पठाइएको छ।

घाइते हुनेहरुमा ओखलढुङ्गा घर भएका २९ वर्षीय आशिष विष्ट (चालक), खोटाङ, दिक्तेल नगरपालिका–३ निवासी ३८ वर्षीया सम्झना राई, सम्झना राईकी १२ वर्षीया छोरी सिवानी राई, खोटाङ, दिक्तेल नगरपालिका–१ निवासी १३ वर्षीय अंकित विक रहेका छन् । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय खुर्कोटबाट करिब ६० किलोमिटर पूर्व पर्दछ। हाल खुर्कोटबाट प्रहरी निरीक्षकको कमाण्डमा गएको टोलीले घटनास्थलमा पुगेर बेपत्ताहरूको खोजी, थप उद्धार तथा घटनाको आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

२ कार्तिक २०८३, आईतवार ०७:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा