Play

पोखराका लोकप्रिय कलाकार सुबेदीको ‘छोरी बिनाको तीज’ गीत सार्बजनिक (भिडियो सहित)

गुरुकुल खबर


पोखरा, नेपाली हिन्दूहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा कलाकारहरूले तीजका गीतहरू सार्वजनिक गर्ने क्रम चलिरहेको बेला पोखराका लोकप्रिय कलाकार तारापति सुबेदीले पनि आफ्नो नयाँ गीत ‘छोरी बिनाको तीज’ सार्बजनिक गरेका छन। तीजको आगमन संगै धेरै कलाकारहरुले बिभिन्न भाकाका गीतहरु सार्बजनिक हुँदा केहि गीतहरूले आलोचना खेपिरहेका छन भने केही गीतहरू दर्शक र स्रोताको मन जित्न सफल भइरहेका छन।

यसै क्रममा गायक तारापति सुवेदीको नयाँ तीज गीत ‘छोरी विनाको तीज’ ले तीज पर्वको असली भाव बोकेको र गीतको अडियो र भिडियो सबै पक्ष उत्कृष्ट रहेको गीतका पारखीहरुको भनाई छ। कलाकार तारापति पोखरा -२४ कास्कीकोट बाट गायन क्षेत्रमा उदाएका हुन। लोकदोहोरी गीत, राष्ट्रिय गीत पर्यटन गीत र चुनाबको गीत सहित सुबेदीले दुई सय भन्दा बढी गीतमा आफ्नो आवाज दिएका छन उनले विभिन्न गायनको विधामा दर्जनौं पुरस्कार र सम्मान समेत प्राप्त गरिसकेका छन।

हालै सार्बजनिक गरिएको ‘छोरी बिनाको तीज’  गीतमा शब्द सिर्जना आरती सापकोटा अधिकारीले गरेकी हुन् भने आवाज  तारापति सुवेदी, आरती सापकोटा, र विनिता सापकोटाको रहेको छ। गीतको म्युजिक भिडियो दिपक अधिकारीले निर्देशन गरेका छन् भने गणेश सापकोटाले नृत्य निर्देशन गरेका छन्। तारापति सुवेदीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतलाई दर्शकहरूले राम्रो प्रतिक्रिया दिएका छन्। ‘छोरी विनाको तीज’ गीतले नेपाली तीज पर्वको मौलिकता र भावनालाई उजागर गरेको र गीत सुन्ने दर्शकहरु भावुक बनेको प्रतिक्रिया आँफुले पाएको गायक सुबेदीले गुरुकुल खबरलाई जानकारी दिए ।

२२ श्रावण २०८१, मंगलवार १५:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा