Play

अनेसासको पद हस्तान्तरण तथा शपथ कार्यक्रम सम्पन्न, सुबेदी र कार्कीलाइ सम्मान

गुरुकुल खबर


बाल्टिमोर (अमेरिका), प्रवासी भूमिमा रहेर नेपाली भाषा र संस्कृतिको जगेर्नामा सक्रिय रहँदै विगत ३३ वर्ष देखि साझा थलोको रुपमा विकसित हुँदै आएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को गत महिना भएको अधिबेशनबाट निर्बाचित पदाधिकारीहरूको पद हस्तांतरण तथा सपथग्रहण कार्यक्रम मेरिल्याण्डको बाल्टिमोरमा संपन्न भयो ।

अनेसासको सत्रौ अध्यक्षको रुपमा अमेरिकाको क्यालिफोर्निया निवासी सर्वज्ञ वाग्लेको अध्यक्षतामा निर्बाचित समितिले सपथ ग्रहण गरेर कार्य प्रारम्भ गरेको छ। नेपाली भाषा संस्कृति संरक्षण संबर्धन गर्ने उदेश्यले स्थापना भएको यो सस्थाको सस्थापक अध्यक्ष होमनाथ सुबेदी हुन।

गत महिना भएको निर्बाचनमा अध्यक्ष पदमा सर्बज्ञ वाग्ले र बिमला निरौला उमेद्वार भएकोमा सर्बज्ञ वाग्ले बिजयी भएका थिए। त्यसैगरी बरिष्ट उपाध्यक्षमा बोष्टन निबासी लाल गोपाल सुबेदी, उपाध्यक्षमा भर्जिनिया निबासी सुदीप भद्र खनाल, महासचिवमा कोलोराडो निबासी राजु सिटौला बिजयी बनेका थिए। सपथ ग्रहण कार्यक्रममा अधिकांश निर्बाचित पदाधिकारीहरुको उपस्थिति थियो।

अनेसास मेरिल्याण्ड च्याप्टरको समन्वयमा केन्द्रीय कार्यसमिति र वोर्ड अफ ट्रष्टिको समेत प्रत्यक्ष संलग्नता र सहभागितामा भानुजयन्ती, साधारण सभा र पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको हो।  कार्यक्रममा सस्थापक अध्यक्ष होमनाथ सुबेदी, पूर्व ट्रष्टी अध्यक्ष तथा हरेक मन्दिर र सामुदायिक भवनलाई उत्कृष्ट दानगर्ने दाता डा श्याम कार्कीको समेत उपस्थिति रहेको कार्यक्रमको प्रमुख अतिथि मेरिल्याण्ड राज्यका हाउस अफ डेलिगेट डा ह्यारी भण्डारी रहेका थिए।

कार्यक्रममा अध्यक्ष पद्की उपविजेता तथा तत्कालीन महासचिव बिमला निरौला र बिओटी अध्यक्ष पदम विश्वकर्मा तथा निबर्तमान अध्यक्ष बनेका गोबर्धन पूजाको भनाईले सबैको मन छोएको थियो। सपथग्रहण कार्यक्रममा निर्बाचन आयुक्त (प्रमुख) गुणराज लुइटेलले नेपाली भाषामा सपथग्रहण गराएका थिए । निर्बाचन समितिमा संयोजक गुणराज लुईँटेलको साथै सदस्यहरु कविता घिमिरे र डा. चुडामणि खनाल रहेका थिए।

कार्यक्रम सफल पार्न निवर्तमान केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्धन पूजा, वोर्ड अफ ट्रष्टिका अध्यक्ष पदम विश्वकर्माको साथै मेरिल्याण्ड च्याप्टरको तर्फवाट समन्वय गर्ने उपाध्यक्ष मधुकर अधिकारी, अतिथि सत्कारमा विओटी उपाध्यक्ष तीर्थ पाण्डेय, कोषाध्यक्ष सन्दीप कोईराला, कार्यसमितिका पदाधिकारीहरु मोहनजंग शाही, भीम विक्रम शाही, सल्लाहकार अर्जुन हमाल लगायतले महत्वपुर्ण सहयोग गरेका थिए।

यसैगरी वोर्ड अफ ट्रष्टिका उपाध्यक्ष तीर्थ पाण्डेय, महासचिव प्रकाश नेपाल, सचिव नारायण अधिकारी, निवर्तमान केन्द्रीय कार्यसमितिका महासचिव विमला निरौंला, उपाध्यक्ष राजेन्द्र श्रेष्ठको पनि उल्लेखनीय सहयोग रहेको अनेसासले जनाएको छ।

कार्यक्रममा आजिबन सदस्य संगीता भण्डारी, आजीवन सदस्य सर्मिला अधिकारी, ईनेप्लीजका विजय थापा, समाजसेवी प्रविन भण्डारी, विशेष स्वयंसेवक तथा सामाजिक अभियन्ता कोसिस भण्डारी, समाजसेवी अम्मर वहादुर भण्डारी, कुन्तिदेवी भण्डारी, एनआरएनका अभियन्ता दुर्गा श्रेष्ठ, रुपा श्रेष्ठ, पर्वत समाजका अध्यक्ष रविन शर्मा, एनआरएन एनसिसिका सदस्य विष्णु वराल, लेखक ज्ञानहरि घिमिरे, एनआरएन मेरिल्याण्ड च्याप्टरका अध्यक्ष कुल गुरुङ्ग, सूदूर पश्चिम समाजका अध्यक्ष विक्रम शाही, सामाजिक अभियन्ता दिवाकर ज्ञवाली, आजीवन सदस्य तरुण पौडेल, पत्रकार सुरेश कोईराला, डिसी नेपालका प्रतिनीधि तथा सामाजिक अभियन्ता कविन्द्र सिटौंला यसैगरि ईन्जाका उपाध्यक्ष विष्णु शीतल, सामाजिक अभियन्ता परशुराम भण्डारी, हरिश सिं साउद, यज्ञ वहादुर राना, नीलकण्ठ सुवेदी, सावित्री चन्द, सुशिल पंगेनी, कृष्ण के शर्मा, प्रसुन पौडेल, प्रिया सुवेदी, दया आचार्य, सिर्जना खनाल, भगवती न्यौपाने, जगन्नाथ पौडेल, कृष्ण शर्मा, दिव्यम पौडेल, सुरेन्द्र मौनी, अञ्जली विके, डा भगतसिह धमला, प्रकाश सुवेदी, विमल सापकोटा, प्रकाश उपाध्यायले समेत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गरेका थिए।

कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई डायस्पोरा धु्रवतारा सम्मान र विओटीका पूर्व अध्यक्ष डा श्याम कार्कीलाई लाईफ टाईम एचिमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा आर्थिक प्रतिबेदन राजेन्द्र श्रेष्टले प्रस्तुत गरेका थिए भने पूर्व सचिब नारायण अधिकारीले अनेसास राजनीतिक रुपमा अगाडी बढ्न नहुने र सबैलाई मिलाएर लैजानुपर्ने कुरामा जोड दिएका थिए। बरिष्ट उपाध्यक्ष लाल गोपाल सुबेदी र उपाध्यक्ष सुदीप भद्र खनालका कबिताले सबैको मन छोएको थियो ।

साहित्यकार तीर्थ पाण्डेको सौजन्यमा पूर्ब पदाधिकारीहरूलाई सुन्दर करूवा उपहार प्रदान गरिएको थियो । कार्यक्रमको संचालन कबि तथा गायिका समेत रहेकी अनेसासकी सदस्य शकुन ज्ञवालीले गरेकी थिईन ।

सोहि अबसरमा साहित्यकार परशुराम भण्डारीले आफ्नो कबिता संग्रह “हिटलर र भाले“ तथा संस्कृत भाषाको आधारभूत ज्ञानका लागि प्रकाशित “संस्कृत- सोपानम्” का पाचौ भागसम्मका पुस्तकहरू नबनिर्बाचित अध्यक्ष सर्बज्ञ वाग्ले र साहित्यकार सकून ज्ञवालीलाई हस्तांतरण गरेंका थिए।

१५ श्रावण २०८१, मंगलवार ०८:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा