Play

आरम्भ चौतारी लायन्स क्लबद्वारा परोपकार महासंघको बटुक आश्रममा सहयोग

गुरुकुल खबर


पोखरा । “हामी सेवा गर्छौं” भन्ने उद्धेश्यका साथ स्थापना गरिएको लायन्स क्लव अफ पोखरा आरम्भ चौतारीले राष्ट्रिय परोपकार महासघंद्वारा पोखरा–१५ ढुंगेसाँघुमा संचालित बटुक आश्रममा दैनिक उपभोग्य सामाग्रिहरू सहयोग गरेको छ।

शनिबार एक कार्यक्रमको आयोजना गरेर चामल, दाल, आलु, तेल, घ्यू, नुन,मसला, विस्कुट, चिउरा, तरकारी, गेडागुडी लगायतको करिव ५० हजार रुपैयाँ बराबरको सामाग्रिहरू सहयोग गरेको हो ।

लायन्स क्लव अफ पोखरा आरम्भ चौतारीकी वर्ष २०२४/२५का अध्यक्ष कृष्ण कुमारी कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रिजन चेयर पर्सन मोहन राज आचार्य, बिशेष अतिथि जोन चेयर पर्सन महेश्वर रिमाल, भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम, फेवा बेगनास चौतारी लायन्सका वर्ष २०२४/२५ का अध्यक्ष चित्रबहादुर गुरुड् लगायतका सहभागी बनेको लायन्स क्लब अफ आरम्भ चौतारीका संस्थापक अध्यक्ष माया बरालले जानकारी दिईन।

 

कार्यक्रमको सहजिकरण लायन्स क्लव अफ पोखरा आरम्भ चौतारीका सचिव देविका कार्कीले गरेकी थिइन्।आध्यात्मिक ज्ञानको माध्यमवाट समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै धर्म संस्कृतिको जगेर्ना गर्ने तथा असहायहरूलाई शिक्षा प्रदान गर्दै आएको आश्रममा ६५ जना बटुकहरू अध्ययनरत छन ।

१२ श्रावण २०८१, शनिबार २१:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा