Play

तीजको सन्दर्भमा ल्याईन चन्द्रावतीले तीनवटा सांगीतिक कोशेली

गुरुकुल खबर


पोखरा, नेपाली नारीहरुको महत्वपुर्ण चाड तीजको आगमनसँगै हरेक वर्ष नयाँ नयाँ तीजका गीतहरू कोशेली ल्याउने गीतकार चन्द्रावती वाग्लेले यस वर्षका लागि तीनवटा तीजका गीत सार्बजनिक गरेकी छन ।

यस वर्ष उनका बालेन र देशभक्ति शीर्षकका तीज गीत बजारमा आइसकेका छन् भने माइतीको झल्को आउने तयारीमा छ ।
समाजका कथा, व्यथा र पीडालाई जीवन्त रुपमा आफ्ना गीतका माध्यमबाट प्रस्तुत गर्दै आएकी वाग्लेका गीतमा देशको सीमा, देशको रक्षाका लागि लडेका नेपाली योद्धाको चर्चासँगै पछिल्लो समय देशको सीमा मिचिएको लगायतका विषय उल्लेख छन ।

आजसम्म गाइयो गीत सत्ताको र शक्तिको ।
यो तीजमा गाउँछु गीत देशभक्तिको ।।

देशको रक्षाका लागि पुर्खाले गरेको बहादुरी प्रति पनि गीत मार्फत गर्व गरिएको छ ।

नालापानी युद्ध लडी देश बचाए पुर्खाले ।
जतन गर्न सकेनौ च्यापे अर्काले ।।

तत्कालीन समयमा नेपालीहरू एकजुट भएर शत्रु पराजित गरेको र सामन्य रुपमा जीवनयापन गरेको प्रसङ्ग पनि गीतमा छ,

शत्रु पराजित गरे दाजुभाइ मिलेर ।
भोकलाग्दा पानी सँग सातु लिएर ।।
राष्ट्रियता राष्ट्र प्रति सधैं भलो चिताए ।
कछाड र कमेजमा रात विताए ।।

देशका लागि स्वार्थ रहित ढंगले बहादुरी साथ लडेको भन्दै गीतमा भनिएको छ।

बहादुरी साथ लडे स्वार्थमा कहीँ चुकेनन् ।
देशका लागि कति रोए कतैं झुकेनन् ।।
आज भाइभाइ लडे दोस्रो पक्ष हाबी भो ।
चारैतिर सिमानामा उनकै दाबी भो ।।

भुठा आस्वासन र एक अर्कामा गाली गलौजले देश विकास नहुने भन्दै गीतमा राजनीतिक दललाई सचेत गराइएको छ

सडक सदन चोकचोकै झुटो भ्रम छर्दैमा
हुन्न विकास विपक्षीलाई गाली गर्दैमा ।।

शब्द, स्वर र लय चन्द्रावती स्वयंको रहेको गीतको एरेन्ज कृष्ण पुनले, सम्पादन शिवराज भुर्तेलले गरेका छन। गीतमा कोरस स्वर रुपी सिञ्जाली र प्रतिमा विश्वकर्माको भने म्युजिक भिडियोको मिक्सिङ साजन शाहले गरेका छन । वसन्त चालिसेको निर्देशन रहेको गीत म्युजिक बैंकमा रेकर्ड गरिएको हो ।

गीतको म्युजिक भिडियोमा वसन्त चालिसे, दीपेन्द्र कार्की, बुद्धिसागर खनाल, शिव त्रिपाठी, मुक्तिप्रसाद रेग्मी र ढुुण्डीराज ज्ञवालीको मुख्य अभिनय रहेको छ । श्रृंगार सुरेश भुर्तेल, छयांकन पनि शिव र सुरेश भुर्तेलले नै गरेका छन ।

उनको ‘बालेन’ नामको म्युजिक भिडियो एक साता अघि सार्वजनिक भएको थियो । विभिन्न आठवटा टुक्कामा समेटिएको गीतमा काठमाडौं महानगरप्रमुख बालेन शाहले थालेका विकास निर्माणका बारेमा चर्चा गर्दै राम्रा कामहरू सबैका लागि अनुकरणीय हुने उल्लेख गरिएको छ । काठमाडौंमा लुटिएका जमिनहरूको सरकारीकरण र साँघुरा बाटाहरू फराकिलो पारिएको कुरा गीतमा उल्लेख छ।

लुटिएका कैयौं जमिन सरकारमा सार्दैछन् ।
साँघुरा ति सडक पेटी चाक्ला पार्दैछन् ।।

प्रत्येक वर्ष नयाँ नयाँ गीतका साथ देखिने वाग्लेले अघिल्लो वर्ष कृषि प्रधान देश, फेरी पनि आयो तीज मन दुखाउन शीर्षकका गीत ल्याएकी थिईन।

पहिलोपटक वि.संं. २०७४ मा ‘आइन छोरी’ गीत सार्वजनिक गरेकी गीतकार वाग्लेका यस बीचमा नरोए आमा, जागिरे नारीको पीडा–भाग एक, गरिन गुनासो, जागिरे नारी–भाग दुई, सहरको सुविधा र म, दर्जा बेरोजगारको, आऊ सङ्गी रमाइलो गरौँ बरिलै, रमाइलो माइतैमा, जँड्याहा पोइ, शून्य छ जन्मेको घर बरिलैलगायत गीत आइसकेका छन ।

साहित्यका अन्य विभिन्न विधामा समेत कलम चलाउँदै आएकी वाग्लेका हरिश्चन्द्र शोककाव्य, जिन्दगीको बाटो मोडियो तीज गीत संग्रहका साथै पलपलका भावनाहरू कविता संग्रह प्रकाशन भैसकेका छन् ।

८ श्रावण २०८१, मंगलवार ०७:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा