पोखरा, पोखरा महानगरपालिका वडा नं. १३ आर्वास्थित मोहरपानी आदर्श टोल विकास संस्थामा निजी लगानीमा टेवलटेनिस कोर्ट निर्माण गरिएको छ । व्यवसायी रवि बराल (रवि हार्डवेयर) समेतको निजि लगानीमा कोर्ट निर्माण गरिएको हो। रविसहित स्थानीय युवा समाजसेवी मधु श्रेष्ठ, राजु सुनारसहितले सहयोग गरेका थिए ।
कोर्ट निर्माणमा प्राविधिक सहयोग ईञ्जिनियर प्रकाश वाग्ले, अमिन प्रकाश सिग्देल, प्रशिक्षक दिपकराज गिरीले सहयोग गरेको टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए । टेवलटेनिस कोर्ट उद्घाटन गर्दै व्यवसायी बरालले आफ्नो सोंच सधैँ समाजसेवामा रहेको बताए ।
उनले गाउँगाउँमा यस प्रकारका खेलकुद कोर्ट मैदान तथा खेलकुदसँग सम्बन्धित गतिविधि अघि बढाउन आवश्यक रहेको बताए ।
प्रशिक्षक गिरीले एक वर्षसम्म यहाँका खेलाडीलाई निःशुल्क रूपमा प्रशिक्षण गराउने प्रतिवद्धता जनाए ।
सो अवसरमा समाजसेवी बराल तथा ईञ्जिनियर वाग्लेले टेवलटेनिस खेलका लागि आवश्यक ब्याट, जाली तथा बल हस्तान्तरण गरेका थिए ।
संस्थाका अध्यक्ष सिग्देलले यस प्रकारका निर्माण एवं सहयोगले पक्कै पनि स्थानीयमा खेलकुदप्रतिको चासो बढाउने स्पष्ट पारे । उनले कोर्ट निर्माणपछि विशेषगरी बालबालिकालाई खेलकुदप्रति आकर्षण थप्ने विश्वास व्यक्त गरे ।
संस्थाका सचिव शिवराज बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।