Play

अनेसासको केन्द्रीय समिति चयन,अध्यक्षमा वाग्ले निर्बाचित ( सबैको मत विवरण सहित)

गुरुकुल खबर


अमेरिका, अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को नयाँ केन्द्रीय कार्यसमिति चयन गरिएको छ । कार्यसमिति चयन गर्ने क्रममा विभिन्न पदका आकाक्षीहरुबीच सहमति नभएपछि निर्बाचन प्रक्रिया द्वारा नया समिति चयन गरिएको हो।

आगामी दुई वर्षको लागि अर्थात् सन २०२४- २०२६ सम्मको लागि निर्बाचित उक्त कार्यसमितिको केहि पदमा मात्र निर्बिरोध भएको थियो । अध्यक्ष सहित अन्य धेरै पदमा सहमति नभएपछि मतदान प्रक्रिया द्वारा कार्यसमिति चयन गरिएको हो ।

कुल २ हजार ८ सय १९ मतदाता रहेको उक्त संस्थाको निर्बाचनमा १ हजार ४ सय ७३ अर्थात ५२ प्रतिशत मत खसेको थियो ।

बुधबार राति सम्पन्न निर्बाचनको परिणाम अनुसार अनेसासको केन्द्रीय अध्यक्षमा सर्बज्ञ वाग्ले निर्बाचित भएका छन। उनले ८ सय ५९ मत प्राप्त गरेकोमा उनका प्रतिद्वन्दी बिमला निरौलाले ५ सय ९५ मत मात्र प्राप्त गरिन । वाग्लेले यस अगाडी संस्थाको महासचिब र बरिष्ठ उपाध्यक्ष रहेरा काम गरिसकेको छन ।

प्रजातन्त्रबादी बिचारधारा अंगाल्ने वाग्ले एनआरएनएको अभियन्ता समेत हुन तनहुँमा जन्मिएको भएपनि उनको परिवार पश्चिम कन्चनपुर बसाई सरेको थियो । वाग्ले  करिब दुई दशक देखि अमेरिका बस्दै आएका वाग्ले हाल क्यालिफोर्नियामा  बस्छन।

समितिको बरिष्ठ उपाध्यक्षमा लाल गोपाल सुबेदी निर्बाचित भएका छन । उनले ९ सय ६४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी राजेन्द्र कुमार श्रेष्ठले ४ सय ८८ मत मात्र प्राप्त गरे ।

संस्थाको रिजनल उपाध्यक्षहरुमा अफ्रिका रिजनबाट गणेश खड्का निर्बिरोध निर्बाचित भएपनि अमेरिका रिजनका लागि महेश्वर पन्त र सुदिप भद्र खनाल बीच प्रतिष्पर्धा भएको थियो। जसमा खनालले ८ सय १८ ४अ पन्तले ६ सय २२ मत प्राप्त गरेको कारण खनाल बिजयी भएका छन ।

अमेरिका रिजनबाट उपाध्यक्ष निर्बाचित खनाल पनि तनहुँमा जन्मिएको भएपनि परिवार बर्दिया बसाई सरेका कारण उनीपनि बर्दियाबासी भएका थिए । नेपालमा रहंदा नेपाल राष्ट्र बैंकमा काम गरेका उनि वित्तीय संस्था कर्मचारी संघमा सक्रिय थिए । दुई दशक अगाडी अमेरिका पुगेका खनाल हाल भर्जिनियामा बसोबास गर्छन  ।

खनालका मघुकलश, भुँईफूलको गीत, यायावर सपना, वासिंटनका काब्य सुसेली लगायतका कविता संग्रह प्रकाशित छन। उनले अनेसास संग सम्बन्धित विभिन्न सम्मान र पुरस्कार समेत प्राप्त गरिसकेका छन। उनि अनेसासको डिसी मेट्रो च्याप्टरका पूर्व उपाध्यक्ष समेत हुन। प्रजातन्त्रबादी विचार अंगाल्ने खनाल एनआरएनएको नेपाली भाषा साहित्य विभागमा छन।

एसिया रिजनको लागि  दिनेशराज ज्ञवाली र सरिता अर्याल बीचको प्रतिष्पर्धामा अर्यालले ७ सय ४९ मत प्राप्त गरेर बिजयी बनिन भने ज्ञवालीले ६ सय ७५ मतमा चित्त बुझाउनुपर्यो । अर्याल अनेसासको सबै महादेशबाट उपाध्यक्ष उमेद्वार बन्ने एक्लो महिला हुन । उनि नेपालमा रहेर साहित्य साधनमा सक्रिय छिन विभिन्न पुरस्कार र सम्मानबाट अर्याल सम्मानित भैसकेककी छन।

युरोप र ओसियाना रिजनको लागि भने दुवै उपाध्यक्ष निर्बिरोध निर्बाचित भए युरोपको लागि डिल्लीराम आम्मै र ओसियानाको लागि हरीप्रसाद अधिकारी उपाध्यक्ष निर्बाचित भएका छन।

महासचिबमा राजु सिटौंलाले कृष्ण कुमार गिरीलाई पराजित गर्न सफल भएका छन सिटौलाले ८ सय ५५ मत प्राप्त गर्दा गिरीले ५ सय ८४ मत मात्र पाउन सकेका थिए ।

समाजको सचिब, कोषाध्यक्ष र सदस्यहरु भने निर्बिरोध निर्बाचित बनेका छन सचिबमा रबिन शर्मा, कोषाध्यक्षमा तारा अधिकारी र केन्द्रीय समितिको सदस्यहरुमा सुमनवर्षा घिमिरे, पुष्पा खनाल,दीप कार्की, रत्नलक्षम सुब्बा र तारा उप्रेती निर्बिरोध निर्बाचित भएका छन।

निर्बाचन सम्पन्न गर्न गुणराज लुइंटेल संयोजक तथा डा. कबिता घिमिरे र डा. चुडामणि खनाल सदस्य रहेको तिन सदस्यीय निर्बाचन समिति बनाइएको थियो ।

उमेद्वारहरुले प्राप्त गरेको मतको विवरण यसप्रकार रहेको छ ।

संस्थाको अध्यक्षमा बिजयी सर्बज्ञ वाग्लेले चुनाबमा आँफुले विभिन्न प्रतिबद्दता समेत ब्यक्त गरेका थिए ।उनले ब्यक्त गरेका प्रतिबद्दता निम्नअनुसार रहेका छन । अध्यक्षमा निर्बाचित भएपछि वाग्लेले आफ्नो प्रतिबद्दता अनुसार काम गर्लान वा नगर्लान त्यसको लागि भने उनको कार्यकाल अबधिभर पर्खिनुपर्ने भएको छ ।

२८ असार २०८१, बिहीबार ०९:५० मा प्रकाशित
Nabintech