Play

कांग्रेस सम्बद्ध जनजातीको राष्ट्रिय महाधिबेशन सम्पन्न, अध्यक्षमा ओमबहादुर सहित १ सय ८ जनाको केन्द्रीय समिति निर्बिरोध

कास्कीका भिम बहादुर र खेम बहादुर पनि केन्द्रीय सदस्य


गुरुकुल खबर


  • रीता गुरुङ / काठमाडौँ

नेपाली काँग्रेसको भात्रीसंस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिबेशन बिहिबार काठमाडौँमा सम्पन्न भयो । महाधिबेशनले महासंघको केन्द्रीय समिति चयन गरेको छ ।  “संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ ऎतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन” मुल नाराका साथ महाधिबेशन सम्पन्न भएको हो  ।

महाधिबेशनले ओमबहादुर घर्तिमगर अध्यक्ष रहेको १५ पदाधिकारी सहितको १०८ सदस्सीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

केन्द्रीय निर्बाचन समितिका संयोजक बिनोद गुरुंगले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार केन्द्रीय कार्यसमितिमा तिन जना उपाध्यक्ष, तिन जना महामन्त्री र ८ जना सहमहामन्त्री राखिएको छ । जसअनुसार तिन जना उपाध्यक्षमा युवराज गुरुङ, मनमोहन बुढाथोकी छन्त्याल, बिश्वदिप लिङदेन रहेको छन् भने तिन जना महामन्त्रीमा रामजी कोङरेन, मनहरी श्रेष्ठ, जगतबहादुर बराम रहेका छन । कार्यसमितिको सहमहामन्त्रीमा दुर्गा सुनुवार, सुवासचन्द्र राई, श्रुति कुमाल, अभिशेष चौधरी राजवंशी, पेम्बा ग्याल्जेन शेर्पा, खेम चेपाङ, मनोज सिंह दनुवार र तेज बहादुर धिमाललाई राखिएको छ ।

केन्द्रीय समितिको सदस्यहरुमा कोशी प्रदेशबाट पासाङ शेर्पा, धनकुमारी मगर, टेकबहादुर गुरुङ, पदम निङ्लेखु लिम्बु, केदार सिं गुरुङ, सिला तामाङ, प्रतिक्षा राई, लोकबहादुर समाल मगर, सुबास लिम्बु, हरिदेबी भुजेल, भगीमान गुरुङ, सुनिता कुमारी उराँव सन्थाल, प्रेमराज तुम्बाहाङ्फे, थामन लामा र खिम तामाङ रहेको छन।

मधेश प्रदेशबाट केन्द्रीय सदस्य बन्नेहरुमा अमिर लामा मोक्तान, प्रतिक्षा महर्जन, धनकुमारी पुलामी मगर, लिल बहादुर गोले, जंग बहादुर दास थारु, बिजय कुमार मंडल, चन्दा लामा र चन्द्रिका कुमारी मगर  तथा बाग्मति प्रदेशबाट तीर्थ लामा, आङटेण्डी शेर्पा, मदनलाल श्रेष्ठ, केसाङ्मु शेर्पा, अर्जुन कुमार गुरुङ, सानुराम घले, मोहन कुमार तामाङ, पशुपति गुरुङ, लक्ष्मीमाया थिङ, खड्गबहादुर वाइवा, साबित्री थापामगर, जीतबहादुर तामाङ, सरिता श्रेष्ठ, हिरालाल शाक्य, इन्द्रमाया लामा, योमाया तामाङ, ठाकुर कुमाल, सरिता राना थापामगर, मोहन लाल तामाङ, आकाश लामा, महेन्द्र थापामगर, चन्द्र कुमार तामाङ, राजु कुशुम लामा, बाबुराम तामाङ, तेजप्रसाद गुरुङ, इन्द्रबहादुर लामा, कृपा श्रेष्ठ, प्रेम कुमारी तामाङ, हिमाल तामाङ, रिजन मर्हजन, सूर्य श्रेष्ठ र बिजय लामालाई केन्द्रीय सदस्य बनाईएको छ ।

गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य बन्नेहरुमा रेनुका काउछा मगर, राजु गुरुङ, माया रानामगर, देब कुमार मानन्धर, बिक्रमबहादुर सारुमगर, गौमाया खण्डलुक मगर, भीमबहादुर गुरुङ, कृष्णकुमार गुरुङ, नरजंग घर्तिमगर र खेम बहादुर गुरुङ रहेका छन त्यसमध्ये भिम बहादुर गुरुङ र खेम बहादुर गुरुङ कास्की जिल्लाबाट प्रतिनिधित्व गर्छन ।

यसै गरि लुम्बिनी प्रदेशबाट टोपबहादुर थापामगर, सावित्रा रानामगर, सिता श्रेष्ठ, थानबहादुर कुँवरमगर, रुपमाया पुन, टिचन गुरुङ, खगेश्वर थापामगर, रामबहादुर रानामगर, होमबहादुर शेरचन, प्रमोद बहादुर श्रेष्ठ तथा कर्णाली प्रदेशबाट हस्त पुनमगर, नन्द बहादुर गुरुङ, कुनज्याप तामाङ, दुर्गा कुमारी श्रेष्ठ, तिलक मर्साङ्गीमगर, मानबहादुर बुढामगर, अमर बहादुर रौकामगर, बलिमाया बुढामगर, भदे बुढामगर, प्रेमबहादुर राम्जालीमगर, पवित्रा थापामगर पुन, धनबहादुर घर्तिमगर, निमा छिरिङले महासंघको केन्द्रीय सदस्य बन्ने अवसर पाएका छन।

सूदुरपश्चिम प्रदेशबाट बासुदेव सिंह ऐतवाल, खड्ग बहादुर बुढामगर, बसन्तीदेवी थापामगर, संजय कुमार बैध केन्द्रीय सदस्य बनेका हुन।

नेपाली काँग्रेस निकट आदिबाशी जनजाती हरुका विभिन्न संघहरुलाई मिलाएर नेपाल लोकतन्त्रबादी आदिबाशी जनजाती महासंघ बनाएपछि पहिलो पटक महाधिबेशन भएको हो। महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए ।

समारोहमा नेपाली काँग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङ, महामन्त्री एवं पूर्वमन्त्री गगनकुमार थापा, महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्मा, सहमहामन्त्री भिष्मराज आङदेम्बे, पूर्व उपसभापति एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य एवं आदिवासी जनजाति बिभाग प्रमुख दिलमान पाख्रिन, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री सिता गुरुङ लागायतले आफ्नो भनाई राखेका थिए।

महाधिवेशनमा केन्द्रीय तदर्थ समिती, आवद्ध संघ, अध्यक्षबाट मनोनीत एवं १६५ निर्वाचन क्षेत्रबाट निर्वाचित समेत गरि१ हजार ३ सय २७ जना महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

महाधिवेशनलाई सम्पन्न गर्न नेपाली काङ्ग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेको संयोजकत्वमा केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ र केन्द्रीय सदस्य एवं आदिवासी जनजाति बिभाग प्रमुख दिलमान पाख्रिनलाई सहजीकरण एंव समन्वयको जिम्मेवारी दिएको थियो । बिनोद गुरुङको संयोजकत्वमा प्रतिनिधि सभा सदस्य कुशुमदेवि थापामगर र नरेश ताम्राकार सदस्य रहेको निर्वाचन केन्द्रीय समितिले महासंघको विधान २०७९ बमोजिम सर्वसम्मत रुपमा केन्द्रीय कार्यसमिति चयन गरेको संयोजक गुरुङले गुरुकुल खबरलाई जानकारी दिए ।

 

१६ असार २०८१, शनिबार १८:५८ मा प्रकाशित
Nabintech