Play

गण्डकीमा देबकोटा र मनांगेले लिए मन्त्रीको सपथ, राप्रपा र कांग्रेसबाट अरु पनि मन्त्री बन्दै

गुरुकुल खबर


पोखरा ।  गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीमण्डल बिस्तार गरेका छन । जस अनुसार सोमबार पाण्डेलाई बिश्वासको मत दिएका नेपाल समाजवादी पार्टीका नेता तथा माओवादी सांसद फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले दुई जना मन्त्रिमण्डलमा थपिएका छन ।

देवकोटालाई उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको र मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात ब्यबस्था मन्त्रालयको जिम्मेवारी दिईएको छ। देवकोटाले माओवादीको ह्वीप नटेरी फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए भने स्वतन्त्र सांसद मनांगेले यस अगाडी खगराज अधिकारीलाई समर्थन गरेको भएपनि यस पटक पाण्डेको पक्षमा मत दिएका हुन ।

पाण्डेलाई बिश्वासको मत दिएका राप्रपाका दुई सांसद पन्चराम गुरुङ र बिन्दु पहाडी मध्ये एकजनालाई तत्काल मन्त्री बनाउने भन्ने चर्चा चलेको भएपनि राप्रपाले तत्काल सरकारमा जाने चाहना नराखेपछी दुई जनालाई मात्र मन्त्री बनाईएको बुझिएको छ ।

नबनियुक्त दुई मन्त्रीहरुलाई मंगलबार गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराए । मुख्यमन्त्री पाण्डेले सोमबार संसदबाट विश्वासको मत पाएपछि मन्त्रीमण्डल विस्तार गरेका हुन् । योसँगै गण्डकी प्रदेश सरकारको मन्त्रिमण्डल ५ सदस्यीय पुगेको छ । मन्त्रीमण्डलमा राप्रपा र नेपाली काँग्रेसको तर्फबाट मन्त्री बन्ने भएपनि कहिले बन्ने र को बन्ने भन्ने स्पष्ट हुन सकेको छैन ।

गण्डकी प्रदेश सभामा सरकारको नीति कार्यक्रम मंगलबार नै प्रस्तुत हुँदै छ भने असार १ गतेको दिन बजेट ल्याउनको लागि आबश्यक तयारी पनि भैरहेको छ। सरकारको बजेट सहित नीति र कार्यक्रम पारित भएपछि मात्र थप मन्त्रीहरु बन्ने अनुमान गरिएको छ ।

 

२९ जेष्ठ २०८१, मंगलवार १४:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा