Play

पोखराको मेडीप्लस हस्पिटलले महिला उधमी संघका सदस्य र परिवारलाई स्वास्थसेवामा छुट दिने

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -११ रानीपौवा स्थित मेडीप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिले महिला उधमी संघ नेपाल कास्कीका सदस्यहरु र तिनका परिवारको लागि स्वास्थसेवामा बिशेष छुट दिने भएको छ ।

मेडीप्लस हस्पिटल र महिला उधमी संघबीच यही जेठ २७ गतेका दिन भएको सम्झौता अनुरुप महिला उधमी संघमा आबद्द सदस्यहरु, शेयर सदस्यहरु र परिवारका सदस्यहरुलाई अस्पतालको बेड चार्जमा २० प्रतिशत, सर्जरी र अपरेसनमा १० प्रतिशत र प्रोसिजर, जांचमा १० प्रतिशत र औषधि खरिदमा फार्मेसीबाट ५ प्रतिशत छुट दिईनेछ ।

आगामी दुई बर्ष सम्मका लागि उक्त सम्झौता लागु गरिने जानकारी महिला उधमी संघले दिएको छ। सम्झौता पत्रमा मेडीप्लस हस्पिटलको तर्फबाट ब्यबस्थापक सुरेशराज सुबेदी र महिला उधमी संघको तर्फबाट कास्कीका अध्यक्ष शारदा बराल ‘सरु’ले हस्तक्षार गरेका छन ।

२८ जेष्ठ २०८१, सोमबार २१:४६ मा प्रकाशित
Nabintech