Play

न्याय निरुपणमा पोखराको न्यायिक समिति उत्कृष्ट छ – मेयर आचार्य

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले न्याय निरुपणका हिसावले पोखरा महानगरपालिकाको न्यायिक समिति उत्कृष्ट रहेको बताएका छन ।

पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा बुधबारदेखि सञ्चालित मेलमिलापकर्ताका लागि सञ्चालित पुुनर्ताजगी तालिमको उद्घाटन गर्दै उनले भने ,“न्याय सम्पादन निरुपण गर्न दिएको काममा राम्रो कार्यसम्पादन गरेको स्थानीय तहका रुपमा स्थापित भएको छ। महानगरमा आउने क्षेत्राधिकारभित्रका विवाद र समस्यालाई न्यायिक समितिले निरुपण गरेका हकमा अदालतबाट पनि सुरु समितिकै निर्णय सदर भएका छन् । यसले गदाँ यहाँको न्यायिक समिति उत्कृष्ट ठहरिएको छ ।”

मेयर आचार्यले न्यायिक समितिमा थुप्रै समस्या आएका छैनन । त्यो नआओस भन्नका लागि वडा तहमा मेलमिलाप केन्द्र स्थापना गरिएको जानकारी दिए । स्थानीय तह वडाका टोलटोलमा समस्या समाधान गर्न र सहजीकरणका लागि संयन्त्रका रुपमा मेलमिलापकर्ताहरुको व्यवस्था गरेकोउनले बताए।

राज्यले मेलमिलापकर्तालाई गर्नुुपर्ने सहयोग गर्न नसकेको बताउदै मेयर आचार्यले न्यायिक समितिसंग छलफल गरेर मिल्ने सहयोग गर्न तयार रहेको जानकारी दिए ।

पोखरा महानगरपालिकाका उपमेयर एवं न्यायिक समितिका संयोजक मञ्जुुदेवी गुुरुङले विवाद समाधानको उपयुक्त उपाय भएको बताईन ।

“मेलमिलापले विवादका दुवै पक्षलाई जितको अवस्था सृजना गर्ने भएकाले मेलमिलापले समाजमा सद्भाव कायम हुनेगर्दछ ।” उनले न्यायिक समितिलाई उत्कृष्ट बनाउन मेलमिलापकर्ताको सहयोग र साथले सम्भव भएको बताउदै तालिमले विवाद समाधानमा सहयोग पुुग्ने विश्वास ब्यक्त गरिन ।

न्यायिक समिति सदस्य कालिदास पोखरेलले पनि त्यस अबसरमा आफ्नो भनाई राखेका थिए । तीन दिन सम्म चल्ने तालिममा पोखरा महानगर १९ देखि ३३ नम्वर वडाका मेलमिलापकर्ताको सहभागीता रहेको छ ।

९ जेष्ठ २०८१, बुधबार १६:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा