Play

मुक्तिनाथ विकास बैङ्क र कृषि कम्पनीका कर्मचारीलाई ‘सक्सेस एण्ड जोय’ तालिम

गुरुकुल खबर


काठमाडौँ,  ‘सक्सेस एण्ड जोय’ यो शब्द सुन्दा जति राम्रो लाग्छ, यसलाई ब्यबहारमा प्रयोग गर्न सके मानिसले आफ्नो व्यक्तिगत जिबनमा मात्र नभएर पेशागत, संस्थागत वा अन्य जिबनमा समेत सफलता प्राप्त गर्ने र त्यहि किसिमको आनन्द प्राप्त गर्न सक्ने हुन्छ । यहि कुरालाई दृष्टिगत गरि मुक्तिनाथ बिकास बैंक र मुक्तिनाथ कृषि कम्पनीले आफ्नो संस्थामा कार्यरत कर्मचारीहरुको लागि सक्सेस एण्ड जोय कार्यक्रम सम्पन्न गरेको छ।

काठमाडौँको चाबहिलमा रहेको जिबन विज्ञानको हलमा सम्पन्न कार्यक्रममा रमेश गुरुदेव र भानु गुरुदेवले जीवनलाई सफल र खुसी बनाउन अपनाउनु पर्ने वैज्ञानिक, व्यवहारिक र प्रयोगात्मक सूत्रहरूको अभ्यास गराएका थिए ।

भानु गुरुदेवले सफलताका लागि मानिससँग लक्ष्य हुनुपर्ने र लक्ष्य पूरा गर्न ऊर्जा चाहिने बताउँदै त्यो ऊर्जाको व्यवस्थापनका लागिआवश्यक योग र ध्यानका विधिको छोटो प्रयोग र अभ्यास गराए  । उनले संस्थालाई सफल बनाउन संस्थामा रहेका व्यक्तिको विकास हुनुपर्ने बताउँदै व्यक्तिको विकासका लागि ध्यान महत्वपूर्ण रहेकोमा जोड दिए  ।

रमेश गुरुदेवले मानिस खुसी हुनका लागिआएको बताउँदै मानिस खुसी हुने आयामहरूबारे प्रकाश पारे । जबसम्म मानिस आफु तर्फ फर्कदैन तबसम्मआफु भित्रको खुसी, उमङ्ग, प्रेम, साहस, विचारको स्रोत पत्ता लगाउन सक्ने हुँदैन भन्दै उनले आफुमा रहेको कमजोरी र सवल पक्षको सुची बनाएर आफुतर्फ फर्कने कला सिकाएका थिए ।

मुक्तिनाथ विकास बैङ्ककासहायक प्रमुख कार्यकारी अधिकृत गोविन्द बहादुर राउतले सक्सेस एण्ड जोयले सफल र खुसी हुने सूत्र सिकाएको बताउदै यी सूत्र र अभ्यासहरू निरन्तर गर्ने र बैङ्कमा पनि निरन्तर गर्ने वतावरण सिर्जना गरिने बताए  ।

मुक्तिनाथ कृषि कम्पनिका  रामशरण तिमिल्सिनाले कार्यक्रममा सिकेका सूत्रहरू कम्पनीको लागि महत्वपुर्ण भएकाले जनशक्ति व्यवस्थापनका लागि जीवन विज्ञानसँगको सहकार्यलाई निरन्तरता दिईने बताए ।

कार्यक्रममा मुक्तिनाथ विकास बैङ्क र मुक्तिनाथ कृषि कम्पनीको केन्द्रिय र शाखा कार्यालयका व्यवस्थापकीय तहमा रहेका एक सय भन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो ।

 

६ जेष्ठ २०८१, आईतवार ०६:५२ मा प्रकाशित
Nabintech