Play

पोखराको प्राइम सहकारीको १ अर्ब ५४ करोड अपचलन, निदेश कोइराला र मानबहादुर गुरुङ सहित आठजना पक्राउ

गुरुकुल खबर


पोखरा, देशभर बिभिन्न सहकारी संस्थामा ठगि भैरहेको समाचार आइरहेको बेला पोखरामा अर्को सहकारी संस्थामा एक अर्व चौवन्न करोड पन्ध्र लाख आठ हजार एक सय बयालिस रूपैयाँ अपचलन गरेको भन्दै उक्त सहकारीमा आबद्द ८ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

पोखराको चिप्लेढुंगामा कार्यालय रहेको प्राईम बहुउद्देश्यीय सहकारी संस्थाको ठगी सम्बन्धी कसूरमा पक्राउ पर्नेहरुमा पोखराका प्रतिष्ठित ब्यबशायी र शैक्षिक सहित अन्य क्षेत्रमा क्रियाशील व्यक्तित्वहरु रहेका छन।

पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनमा कार्यालय रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका संचालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना गरेको तथा अपचलन र ठगी गरेको भन्ने सहकारी रजिष्ट्रारको कार्यालय पोखराको जाहेरीको आधारमा ऊनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराको जाहेरीको आधारमा कुल बिगो रु.१,५४,१५,०८,१४२.८५ (अक्षरुपी एक अर्व चौवन्न करोड पन्ध्र लाख आठ हजार एक सय बयालिस रूपैयाँ पचासी पैसा) रकम अपचलन तथा हिनामिना गरेको हुँदा सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान गरी दिनु हुन भन्दै सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखराले यहि जेठ १ गते पत्र लेखेकोमा सोहि दिन ८ जनालाई पक्राउ गरिएको थियो।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटन बस्ने उक्त सहकारी संस्थाका पूर्व अध्यक्ष  ६६ बर्षीय  निदेश प्रसाद कोइराला , पोखरा वडा नं. १४ चाउथे बस्ने  सोहि सहकारी संस्थाका अध्यक्ष ४३ बर्षीय शंकर कार्की, पोखरा वडा नं. ११ रानीपौवा बस्ने  सोहि सहकारीकी ब्यबस्थापक ३६ बर्षीय निरु थापा के.सी. एबम पोखरा वडा नं. २७ अर्चले बस्ने  सहकारीका कर्मचारी प्रमुख ३७  वर्षका सुरेन्द्र मणी पौडेल रहेका छन।

यसैगरी पोखरा म.न.पा. वडा नं. १३ आर्वा स्थायी ठेगाना भई हाल पोखरा १२ ढिकालेथर बस्ने ५३ बर्षका ईन्द्र प्रसाद बराल पनि पक्राउ परेका छन उनि सहकारीका कानुनी सल्लाहाकार हुन।

सहकारीका पूर्व कोषाध्यक्ष पोखरा म.न.पा. वडा नं. ३० शिशुवा बस्ने वर्ष ५२ का कुलदिप भट्टराई, सहकारीका कर्जा अधिकृत पोखरा म.न.पा. वडा नं. ३० शिशुवा बस्ने वर्ष ३० का सुनिल थापा र सहकारीका शेयर सदस्य एबम सल्लाहकार पोखरा म.न.पा. वडा नं. ०८ नयाँबजार बस्ने वर्ष ६९ का मान बहादुर गुरुङ पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरिक्षक बसन्त कुमार शर्माले जानकारी दिएका छन।

२ जेष्ठ २०८१, बुधबार १६:३२ मा प्रकाशित
Nabintech