Play

लायन्स डिष्ट्रिक ३२५ एलको गभर्नरमा भट्ट निर्वाचित, चिफ एड्भाइजरमा पोखराका पराजुली

गुरुकुल खबर


पोखरा, लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ एलको दोश्रो महाधिबेशन हालै सम्पन्न भएको छ । महाधिबेशनले लायन बर्ष २०२४/२५ को लागि उक्त डिष्ट्रिकको गभर्नरमा सुमन भट्टलाई निर्बाचित गरेको छ। भट्ट काठमाडौँको लायन्स क्लब अफ पीसमा आबद्द छन।

महाधिबेशनबाट डिष्ट्रिकको फर्स्ट भाइस डिष्ट्रिक गभर्नरमा लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटीका संस्थापक अध्यक्ष एक नारायण शर्मा र सेकेन्ड भाइस डिष्ट्रिक गभर्नरमा तारा भुषाललाई निर्बाचित भएका छन् । भुषाल लायन्स क्लब अफ म्याग्दी युथमा आबद्द छिन ।

यसैबीच डिस्ट्रीक्ट ३२५ एल नेपालका इलेक्ट गभर्नर सुमन भट्टले लायन बर्ष २०२४/२५ का लागि डिष्ट्रिकको विभिन्न जिम्मेवारीमा विभिन्न व्यक्तित्वहरुलाई मनोनित गरेका छन। जस अनुसार क्याबिनेट सेक्रेटरीमा प्रशान्त मानन्धर, क्याबिनेट ट्रेजरर पदमा सुधिर शर्मा र डिस्ट्रीक्ट चिफ एडभाईजरमा तेज नारायण पराजुलीलाई मनोनीत भएका छन् ।

मानन्धर दरबारमार्ग लायन्स क्लब काठमाडौँमा आबद्द छन भने  डिष्ट्रिकको चिफ एड्भाइजरमा मनोंनित पराजुली पोखराको मुनाल लायन्स क्लबका पूर्व अध्यक्ष समेत हुन।   उनि पोखरा विश्वबिद्यालयमा सह प्रशासक पदमा कार्यरत छन।

महाधिबेशनको उद्घाटन लायन्सका पूर्व इन्टरनेसनल डाईरेक्टर संजय खेतानले गरेका थिए । महाधिबेशनको उद्घाटन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, डिष्ट्रिक ३२५ एलका गभर्नर परमेश्वर बराल र पूर्व गभर्नर मणिश्री बज्राचार्य लगायतले आआफ्नो भनाइ राखेका थिए ।

नबनिर्बाचित गभर्नर भट्टले आफ्नो डिष्ट्रिकलाई थप उचाईमा पुर्याउन रचनात्मक काम गरिने बताएको डिष्ट्रिकका नबनियुक्त चिफ एडभाईजर तेजनारायण पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए  ।

हाल नेपालमा लायन्स इन्टरनेसनल अन्तर्गत १५ वटा डिष्ट्रिक रहेका छन ।

२७ बैशाख २०८१, बिहीबार १८:४६ मा प्रकाशित
Nabintech