Play

अमेरिकाको लंगआइल्याण्डमा नेपाली नयाँ बर्षमा सांगीतिक कार्यक्रम र सम्मान

गुरुकुल खबर


न्युयोर्क, (अमेरिका) अमेरिकाको न्युयोर्क, लंग आइल्याण्ड क्षेत्रमा रहेका नेपालीहरुआबद्द विभिन्न संघ संस्थाको आयोजनामा नेपालीहरुको नयाँ वर्ष २०८१ को सन्दर्भ पारेर लंगआइल्यान्डमा बिशेष सांगीतिक कार्यक्रमको आयोजना गरियो । कलाकार आन्गेलु शेर्पा र नेपालबाट गएकी कलाकार निशा सुनार सहित बिकास खरेल र तिला खरेल समेतले कार्यक्रममा सांगीतिक मनोरंजन दिएका थिए । लंग आइल्याण्ड क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि अमेरिकाका सुपर लयर खगेन्द्र जिसी रहेका थिए।

नेपाली समाजका अगुवा बेद प्रसाद खरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नासा काउन्टीका प्रतिनिधि, नर्थ हेम्सटेटका काउन्ट सुपरभाइजर, नेपालीहरुको विभिन्न संस्थाका अगुवाहरु महेश खड्का, टिकाराज ढकाल, बाबुराम शर्मा, सूर्य महर्जन, न्युयोर्कको मेयरको एशियन कम्म्युनिटी एडभाईजर नबराज केसी, ब्यबसायी जीबन बम, अधिबक्ता उत्तम पाण्डे, लंग आइल्याण्ड सोसाइटीक सचिब मोहन क्षेत्री, हेम्जा वेलफेयर सोसाइटीका अध्यक्ष निरज सापकोटा, पार फाउन्डेसनका अध्यक्ष एलिजाबेथ ढकाल लगाएतले कार्यक्रमको सफलताको कामना गर्दै आफ्नी आफ्नी भनाई राखेका थिए

सोहि कार्यक्रममा स्थानीय समाजमा विभिन्न किसिमबाट योगदान गर्ने  नेपालीहरु पूर्ण छन्त्याल, बाबुराम शर्मा, सूर्य महर्जन र अमित सिंहलाई नासो काउन्टीबाट सम्मान समेत गरिएको जानकारी नेपाली जनसम्पर्क समिति लंगआइल्यान्डका संस्थापक सभापति विश्वराज बाँस्तोलाले गुरुकुल खबरलाई जानकारी दिएका छन् ।

उक्त कार्यक्रमको आयोजना आरके फाउन्डेसन, नेपाली जनसम्पर्क समिति लंग आइल्याण्ड, हेम्जा वेलफेयर सोसाइटी, पार फाउन्डेसन, नासो सेन्ट्रल नेपलिज लायन्स क्लब, बिटि फाउन्डेसन र टिका भक्त फाउन्डेसन लगायतका संस्थाले कार्यक्रमको आयोजना गरेको लंग आइल्याण्डबाट बाँस्तोलाले जानकारी दिएका छन् ।

५ बैशाख २०८१, बुधबार २३:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा