Play

अमेरिकाको बाल्टिमोरमा संचालित महायज्ञको आज अन्तिम दिन, करिब बिस लाख डलर संकलन हुने अनुमान

गुरुकुल खबर


गंगाधर पराजुली / पोखरा – 

नेपाली समुदायको बसोबास उल्लेख्य संख्यामा रहेको अमेरिकाको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरलाई थप ब्यबस्थित र सुबिधा सम्पन्न बनाउने लक्षका साथ संचालित मेरिल्याण्ड आध्यात्मिक महोत्सव-श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको सातौँ दिनसम्ममा करिब १४ लाख अमेरिकी डलर संकलन भएको छ महायज्ञको अन्तिम अर्थात् आठौँ दिन ४/५ लाख डलर संकलन हुने अनुमान गरिएको छ। महायज्ञबाट अनुमान गरे अनुरुपको १८ लाख अमेरिकी डलर भन्दा बढी सहयोग संकलन हुने विश्वासमा आयोजकहरु पुगेका छन।

हिन्दु-बुद्द मन्दिर ब्यबस्थापन समितिका सचिब तरुण पौडेलले गुरुकुल खबरसंग कुरा गर्दै महायज्ञको अन्तिम दिन बिदाको दिन परेको र मौसम पनि राम्रो हुने देखिएकोले अन्तिम दिन सहभागीहरुको उपस्थिति उल्लेखनीय रहने बिश्वास ब्यक्त गरे । महायज्ञमा बाल्टिमोर  क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका अतिरिक्त बिभिन्न राज्यबाट समेत नेपालीहरु पुगेको छन् । यसका साथै त्यहाँ रहेका भारतीय र भुटानबाट त्यहाँ पुगेको नेपाली समुदायले पनि उल्लेखनीय सहयोग गरेको आयोजकले जनाएका छन।

मार्च ३० अर्थात चैत्र १७ गते शनिबारबाट शुरु भएको महायज्ञमा दिब्य कलश यात्रा, सामुहिक झाँकी, तलादान, लाखबत्ती प्रज्वलन, चौरासी पुजा, सामुहिक ब्रतबन्ध, सामुहिक बेलबिबाह, हवन एबम सामुहिक ग्रह शान्ति, पितृ मुक्तिको लागि पाठ पारायण एबम दीप प्रज्वलन,१ सय ८ शालिग्राम दर्शन लगायतका धार्मिक कार्यहरु भैरहेका छन । महायज्ञमा बाचन प्रबिण पण्डित  दिनबन्धु पोखरेलले संगीतमय ढंगबाट कथाबाचन गरिरहेका छन् यसैगरी भजन कृतनसमेत महायज्ञको क्रममा भैरहेको छ। पण्डित दिनबन्धु पोखरेल बाचन शिरोमणी नारायण प्रसाद पोखरेलका छोरा हुन ।

हिन्दु-बुद्द मन्दिरको स्थापना भएको केहि वर्ष बितेको भएपनि त्यसलाई थप बिस्तार र सुधार गर्नको लागि आबश्यक रकम संकलन गर्ने उद्देस्यले महायज्ञ संचालन गरिएको हो हाल खरिद गरिएको जग्गामा रहेको मन्दिर भवनलाई नेपाली शैलीको बनाउने र त्यसमा गजुर सहित स्तुपा राखेर आकर्षक हिन्दु बुद्द मन्दिरको झल्को दिने काम गर्ने योजना मन्दिर समितिको रहेको छ।

यसका साथै साथै मन्दिर परिशरमा पार्किंग स्थल ब्यबस्थित गर्ने, आधुनिक शौचालय निर्माण गर्ने र नेपाली समुदायको लागि आबश्यक पर्ने विभिन्न धार्मिक सामाजिक गतिबिधि गर्न मिल्ने विभिन्न संरचना बनाउने जस्ता काम गर्न बाँकि रहेको र त्यसका लागि १८ लाख डलर अर्थात १.८ मिलियन डलर लाग्ने अनुमान गरिएको छ। सोहि लक्ष राखेर महायज्ञ संचालन गरिएको र लक्ष अनुसारको रकम संकलन हुने अपेक्षा करिब पुरा हुने बिश्वासमा आयोजकहरु रहेको सचिब पौडेलले जानकारी दिए ।

अमरिकामा लामो समय देखि बसोबास गर्दै आएका डा श्याम कार्कीले महायज्ञको सातौँ दिन आफ्नो तर्फबाट मन्दिरको लागि दान रकम १ लाख २१ हजार पुर्याएको छन । नेपालको ललितपुरका पुराना बासिन्दा कार्कीका सबै परिवार अमेरिकामा छन् उनले आफु ९० बर्ष पुगेपछि वा त्यसअगाडी नै मृत्युबरण गर्न पुगेमा आफ्नो  तर्फबाट दानरकम  १० लाख थप गरि ११ लाख २१ हजार पुर्याउने प्रतिबद्दता समेत गरेका छन। उनले प्रतिबद्दता गरेको रकम हाल १५ करोड नेपाली रुपैयाभन्दा बढी हुन आउँछ ।

महायज्ञमा स्थानीय ब्यबसायी समेत रहेका मन्दिर ब्यबस्थान समितिका उपाध्यक्ष कृष घिमिरेले १ लाख ५० हजार र राजु पराजुलीले १ लाख ११ हजार अमेरिकी डलर व्यक्तिगत रुपमा सहयोग  गरेकाछन। घिमिरे रियल्टर हुन् भने पराजुली रेस्टुरेन्ट ब्यबसायी एबम मेरिल्याण्डका लागि नेपालका पर्यटनदुत हुन।

कतिपयले सामुहिक र संस्थागतरुपमा रकम संकलन गरि एकमुष्ठ रुपमा सहयोग गर्ने गरेको मन्दिरका ट्रष्टी एबम बाग्लुंग समाज मेरिल्याण्डका सल्लाहकार केशब शर्माले गुरुकुल खबरलाई जानकारी दिए। बाग्लुंग समाजले आफ्नो सवारी साधन नभएकाहरुलाइ वा अशक्त र बृद्धहरुलाई महायज्ञ स्थल सम्म जान र आउनको लागि यातायातको सुबिधा समेत उपलब्ध गराइरहेको छ ।

महायज्ञमा शुक्रबार पर्बत समाजको तर्फबाट जीतेन गुरुङ र रबिन शर्माले समाजका सदस्य सहित आफ्नो तर्फबाट गरि १ लाख ३३ हजार सहयोग गरेका छन भने म्याग्दी समाजको तर्फबाट १ लाख ८७ हजार अमेरिकी डलर सहयोग गरिएको समाजका कोषाध्यक्ष समेत रहेकी सामाजिक कार्यकर्ता साबि थापाले जानकारी दिईन । थापाका अनुसार समाजका सदस्यहरुसंग समन्वय गर्ने र रकम संकलन गर्ने काम जगत घिमिरेले गरेका हुन।

म्याग्दी समाजको तर्फबाट सहयोग गर्ने हरुमा इश्वर रिजाल, शुष्मा रिजाल. देब्दास राजबाहक, समिता राजबाहक, जगत घिमिरे, सुप्रिया घिमिरे, हृदय केसी, प्रमिला पण्डित, सम्राट खड्का, समिप खड्का, कुल महत, निर्मला महत, रमेश थापा, कल्पना थापा, राजेन्द्र केसी.शिब क्षेत्री, सोभा क्षेत्री, जितेन श्रेष्ठ, ऋतु श्रेष्ठ, मिलन बुढाथोकी, शर्मिला राजबाहक, कमल सुबेदी रेणु सापकोटा, मिलन केसी, सुरक्षा खड्का रहेका छन् ।

यसै गरि म्याग्दी समाजका भिम केसी, मनिषा केसी, देगेन केसी, सजना कार्की, रबि केसी, संजोक कार्की, शुसिता कार्की, भुपेन्द्र थापा, अभिषेक रिजाल,  अनिशा रिजाल, टिका रिजाल, दीलकुमारी रिजाल, पदम शाही,, ओम सुबेदी, कमल खत्री, सोना अधिकारी, किशोर केसी, सुशितल केसी, श्रीप्रसाद केसी, ज्ञानु बानिया क्षेत्री, राजेशनाथ श्रेष्ठ मनजु श्रेष्ठ, इश्वर बानिया, कमल छन्त्याल, सुमित्रा छन्त्याल, डा चक्र बुढाथोकी, रीना बुढाथोकी, इन्द्र थापा, सबी थापा, शुदर्शन पौडेल र रीतुमा पौडेल लगायतले पनि सहयोग गरेका छन् ।

यसैगरि हिन्दु बुद्ध मन्दिरमा संचालन भईरहेको महायज्ञमा पर्बत समाजका अध्यक्ष रबिन शर्मा र जितेन गुरुंगको पहल र संयोजनमा करिब  १ लाख ३४  हजार डलर दान गरेको  र उक्त रकम अन्तिम दिन सम्ममा १ लाख ५५ हजार भन्दा बढी पुग्ने अनुमान गरिएको छ । गुरुङ स्थानीय युवा सामाजिक कार्यकर्ता र बानाका सल्लाहकार पनि हुन् ।

उक्त समूहबाट जितेन गुरुगं, रविन शर्मा, बलराम पौडेल, एल जी, विमल मल्ल, नारायण अधिकारी, किरण बराल, श्रीकृष्ण रेग्मी, आईसा रेग्मी, निरन गुरुगं, ईश्वर गिरी, रोशन लामिछाने, विनोद शर्मा, शिवलाल पुरी, ईश्वर श्रेष्ठ, गंगा गिरी, माया गिरी, ईन्दुराज रेग्मी, मनहरि पौडेल, शिव गौतम, रेग्मी परिवार, लेख बहादुर रेग्मी, गंगाबहादुर क्षेत्री, भरत रेग्मी, सूर्य केसी, हिरा रेग्मी, दिलिप केसी, ज्ञान क्षेत्री, जुरेश खत्री, जुना खत्री लगाएतले सहयोग गरेको गुरुंगले जानकारी दिए  ।

हिन्दु बुद्ध मन्दिर निर्माणको काम धार्मिक मात्र नभएर नेपाली परम्परा र संस्कृतिसंग जोडिएको कारणपनि आफुहरुले मिलेर सहयोग गरेको गुरुंगले जानकारी दिए। पर्बत समाजले हरेक दिन मन्दिर परिसरको सरसफाईको जिम्मा पनि लिईरहेको छ भने शर्मा र गुरुगंले शुरुदेखि नै प्रचार प्रसार र स्वयंसेवाको काम गरिरहेका र अन्य स्वयंसेवकहरु परिचालन पनि गरेको छन् ।

महायज्ञको पहिलो दिन बाल्टिमोरका समाजसेवी नरेश केसीले मन्दिर निर्माणको लागि ७० हजार डलर चन्दा दिने घोषणा गरेका छन् । उनले यसअगाडी नै ५५ हजार डलर मन्दिरको लागि सहयोग गरेका थिए यसरी हेर्दा मन्दिरमा १ लाख २५ हजार अमेरिकी डलर अर्थात सबै भन्दा ठुलो सहयोग गर्ने दाता समेत उनै केसी बनेका थिए । महायज्ञको अन्तिम दिन सम्ममा ठुलो रकमका सहयोगदाता पनि बढ्दै गएको छन।

महायज्ञ सफल पार्न बाल्टिमोरमा रहेका जातीय, भौगोलिक एबम अन्य संघसंस्थाहरुले पनि विभिन्न किसिमले सहयोग गर्दै आएका छन् चितवन समाजका सदस्यहरुले महायज्ञका सहयोगदाताहरुको अभिलेख राख्ने काममा सहयोग गरेको छ भने कास्की समाजले मन्दिरमा बशाहाको मुर्ति स्थापनामा र अन्य काममा सहयोग गरेको बुझिएको छ ।

महायज्ञमा शालिक वाग्ले र शलिना शर्माले ५० हजार ५५५, राजन ढकाल र रजनी शर्माले ५० हजार ५५५, केशब आचार्य र माया चौहानले ५० हजार ५५५, श्रीकृष्ण रेग्मी र लक्ष्मी रेग्मीले ३३ हजार ३३३ तथा उत्सब सिफ्देल र देशा भट्टराईले २५ हजार १ डलर सहयोग गरेको छन् । अन्य थुप्रै व्यक्ति र परिबारले पनि मोटो रकम सहयोग गर्दै आएको छन।

महायज्ञ शुरु भए लगत्तै त्यस क्षेत्रमा मौसम बिग्रेको कारण अपेक्षा गरेअनुरुप मानिसहरुको उपस्थिति हुन नसकेको आयोजकले बताएका छन। महायज्ञको कलश ब्यबस्थान एबम प्रसाद ब्यबस्थान कार्यमा संलग्न यमुना शर्माका अनुसार पहिलो दिन करिब ८ हजारको संख्यामा र त्यस पछिका सबैदिनमा २ देखि ३ हजारको संख्यामा मानिसहरु महायज्ञ स्थलमा पुग्ने र सक्दो आर्थिक एबम भौतिक सहयोग गर्ने गरेका छन्।

महायज्ञको अन्तिम दिन मार्च ६ को दिन मौसम राम्रो देखिएको र बिदाको दिन समेत परेकोले ठुलो संख्या उपस्थित हुने र सहयोग संकलन पनि उल्लेख्य हुने अनुमान आयोजकको रहेको छ।

महायज्ञमा ५ सय १ वटा कलश नेपाली समुदायका व्यक्तित्वहरुले प्रति कलश  १ सय ८ डलर तिरेर सुरक्षित गरेका छन् । मन्दिरको प्रवचन कक्ष नजिक कलश राख्ने अभिप्रायले निर्माण गरिएको स्थलमा सजावट गरि कलश राखिएको र ति कलशहरु सात दिनसम्म अर्थात महायज्ञ अबधिभर सोहि स्थानमा रहने  र त्यसपछी सम्बन्धित व्यक्तिलाई बुझाइने कलश ब्यबस्थापन समितिका संयोजक श्रीजन ताम्राकारले  गुरुकुल खबरलाई जानकारी दिए ।

कलश ब्यबस्थापनका लागि सृजन ताम्राकार सहित यमुना शर्मा, पुष्पलता पौडेल, अन्जिता श्रेष्ठ र कृष्णहरी घिमिरे, योगेन्द्र पराजुली र बिष्णु शर्मा सदस्य रहेर्को समिति गठन गरिएको थियो । यसपटक महायज्ञको कार्यक्रम संचालन गर्न उद्घोषकको रुपमा पोखराबाट नेत्रपाणी बाँस्तोला त्यहाँ पुगेका छन।

पहिलोपटक श्रीमद्भागवत महायज्ञ सन् २०१७ मा गरिएको थियो। त्यस पटकको महायज्ञमा सहयोगदाताले प्रतिबद्दता गरेअनुसारको धेरै रकम उठिसकेको र केहि अझै उठ्न बाँकि छ। कानुनी दृष्टिकोणले मन्दिर निर्माणमा समस्या नरहेपनि स्थानीय छिमेकीको असहयोगका कारण  मन्दिरको बिकास क्रममा लामो समय र रकम खर्च भएको मन्दिरका ट्रश्टी रामचन्द्र अधिकारीले जानकारी दिए। उनि केहि दिन अगाडी मात्र  नेपालबाट फर्केर महायज्ञमा सहभागी भएका छन् ।

मेरिल्याण्ड राज्यमा रहेका नौ वटा मन्दिरमध्ये बाल्टिमोर काउन्टीको उक्त मन्दिरको विकासका लागि आर्थिक सहयोग गर्ने दातासगै धेरै समय दिने स्वयसेवकको साथ उत्तिकै मिलेको मन्दिरका पुजारी कृष्णहरी घिमिरेले बताए।  उनका अनुसार सन् २०२३ यता भने मन्दिरमा आउने भक्तजनहरुको सहयोगबाट मन्दिरको खर्च चलेको छ ।

मेरिल्याण्डमा पशुपतिनाथ र राधाकृष्णको पनि मन्दिर रहेको छ। यसबाहेक अमेरिकाको टेक्सास, एटलान्ता, भर्जिनिया,न्योयुर्क लगायतका राज्यमा पनि यस किसिमका मन्दिरहरुको निर्माण र बिकास भैरहेको छ ।

२४ चैत्र २०८०, शनिबार १२:२५ मा प्रकाशित
Nabintech