Play

पिस टाउन, न्यु भिजन, ग्लोबल लेकसिटि, फर्निसिंग र पिस वर्ल्ड लायन्सको नयाँ समिति

गुरुकुल खबर


पोखरा, लायन्स क्लब अफ पोखरा पिस टाउनको हालै सम्पन्न अधिबेशनले क्लबको अध्यक्षमा कान्ती पौडेललाई निर्वाचित गरेको छ। क्लबको शनिवार सम्पन्न ११ औं साधारण सभा तथा अधिबेशनले वर्ष २०२४/२५ का लागि अध्यक्षमा पौडेल सहित कार्यसमितिका अन्य पदमा पनि सर्वसम्मत निर्वाचित गरेको निर्वाचन संयोजक समेत रहेकी क्लबकी निवर्तमान अध्यक्ष सिता तिमिल्सिना सुवेदीले गुरुकुल खबरलाई जानकारी दिईन् ।

सर्वसम्मत निर्वाचित हुनेमा प्रथम/द्वितीय र तृतीया उपाध्यक्षमा क्रमशः बिनु गिरी, रेश्मा वैद्य र बसन्ती बास्तोला साथै सचिवमा कल्पना राउत, कोषाध्यक्षमा मिना थापा रहेका छन् ।

क्लबका अध्यक्ष केसी माया नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू सबिता बराल, सिता कोईराला, सरला तिमिल्सिना, शोभा पौडेल लगाएत क्लबका पदाधिकारी एवं सदस्यको उपस्थिति रहेको थियो ।

क्लबको निर्वाचन पश्चात आयोजित शुभकामना एवं बधाई कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर इलेक्ट बिनोद ढुंगानाले क्लबले विगतका बर्षमा अन्य क्लब भन्दा उत्कृष्ट कार्य गर्दै आएको र आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्दै जाने बिश्वास ब्यक्त गरेका थिए । साधारण सभा तथा अधिबेशन कार्यक्रमको संचालन लायन बिनु गिरिले गरेकी थिईन ।

यसैगरी लायन्स क्लब अफ काठमाडौँ पिस वर्ल्डको हालै सम्पन्न अधिबेशनबाट वर्ष २०२४/२५ कार्यकालको  लागि रामहरी श्रेष्ठ अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्बाचित गरेको छ ।

लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ आई नेपाल अन्तर्गतको क्लब लायन्स क्लब अफ पोखरा न्यू भिजनको पनि अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले वर्ष २०२४/२५ को लागि सुरेन्द्र बिश्वकर्मा अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्बाचित गरेको क्लबले जनाएको छ ।

यसैगरि लायन्स क्लब अफ पोखरा फर्निसिङले क्लबको हालै सम्पन्न तेश्रो साधारणसभा तथा अधिबेशनले वर्ष २०२४/२५ को लागि गोबिन्द शर्मा अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको छ । क्लबको प्रथम उपाध्यक्षमा माधव अधिकारी, दित्तीय उपाध्यक्षमा राजु कार्की र तृतीय उपाध्यक्षमा बिष्णु प्रसाद सुबेदी, सचिबमा केदार नाथ त्रिपाठी, कोषाध्यक्षमा शिवराज अधिकारी, सहसचिबमा शिवराम दाहाल र सह कोषाध्यक्षमा रंजनराज सुबेदी चयन भएका छन।

यसैगरि लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ आई नेपाल अन्तर्गतको क्लब लायन्स क्लब अफ पोखरा ग्लोबल लेकसिटीको अधिबेशनबाट आगामी कार्यकाल अर्थात वर्ष २०२४/२५ को लागि गौतम आचार्य अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्बिरोध निर्बाचित गरेको क्लबले जनाएको छ ।

१८ चैत्र २०८०, आईतवार २३:११ मा प्रकाशित
Nabintech