Play

प्रचण्डले चुनावताका जनतालाई दिएको बचन पुरा नगरी धोका दिए – कांग्रेस उपसभापति खड्का

लोकतन्त्रबादी आदिबाशी जनजाती महासंघ गण्डकीको अधिबेशन, जीत गुरुङ अध्यक्ष रहेको ३१ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध


गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको भात्री संस्थाको रुपमा मान्यता पाएपछि पहिलो पटक नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको अधिबेशन पोखरामा सम्पन्न भएको छ अधिबेशनले पोखरामा रहेर नेपाली काँग्रेसको राजनीति संगै ट्रेड युनियन र जनजातिको राजनीतिमा क्रियाशील जीतबहादुर गुरुङलाइ सर्बसम्मत अध्यक्ष पदमा  निर्वाचित गरेको छ । शनिबार सम्पन्न गण्डकी प्रदेशको प्रथम अधिवेशनले गुरुङको अध्यक्षतामा ३१ सदस्यीय नया र पहिलो कार्यसमिति समेत चयन गरेको छ ।

महासंघको गण्डकी प्रदेशको अध्यक्ष बन्नका लागि जितबहादुर गुरुङ सहित कास्कीका खेमबहादुर गुरुङ लगाएतले चाहना राखेको भएपनि महासंघको बिधानमा रहेको व्यवस्थाका कारण जितबहादुर सर्बसम्मत बन्न पुगेको हुन्। महासंघको विधानमा प्रदेश समितिको अध्यक्ष बन्नका लागि कुनै पनिं जातीय संघको केन्द्रीय समितिमा रहेर काम गरेको हुनुपर्ने व्यवस्था रहेको जनाइएको छ ।

गण्डकी प्रदेश अधिबेशनबाट प्रदेश समितिको उपाध्यक्षमा भीमबहादुर दुरा र चिज्याँ श्रेष्ठ, सचिवमा क्या. बुद्धिबहादुर थापामगर र नरबहादुर भुजेल निर्वाचित तथा सहसचिवमा चनसुबा छन्त्याल, चेतबहादुर कुमाल र गोपाल भट्टचन चुनिए । अधिवेशनबाट अन्य २३ जनालाइ कार्यसमितिको सदस्य  बनाइएको र तिनै सदस्यहरु मध्येबाट कोशध्यक्ष चयन गरिने प्राबधान रहेको र केही सदस्यहरु पछि मनोनित गरिनेछ ।

अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका उपसभापती तथा पूर्व  उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले गरेका थिए । त्यसअवसरमा बोल्दै उनले पार्टी संगठनलाई बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताए । उनले पार्टीका भातृ एवम् शुभेच्छुक संगठनहरू बलियो र क्रियाशील हुन जरुरी रहेको  भन्दै आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बलियो बनाउन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।

उपसभापति खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेर दिएको धोका दिएको बताए । उनले ४ मंसिर २०७९ को निर्वाचनका बेला मतदातालाई दिएको वचन पालना नगरेर प्रचण्डले धोका दिएको उल्लेख गर्दै यसको जवाफ मतदाताले समय आउँदा दिने र  राजनीतिक नेतृत्वले पनि आवश्यक पर्दा दिने बताए ।

उपसभापति खड्काले संसद् विघटन गर्ने, संघीयता कार्यान्वयन नगर्ने, संविधानलाई गलत बाटोतर्फ लैजाने, लोकतन्त्रलाई अन्य दिशातर्फ मोड्न थाल्ने विरुद्ध संविधानको रक्षा, संघीयता कार्यान्वयन र मुलुकको आर्थिक उन्नति र प्रगतिका लागि कांग्रेस खरो भएर उत्रने बताए ।

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष ओमबहादुर घर्तीले विद्यमान संविधान संशोधन गरी राज्य पुनसंरचना गर्नुपर्ने आवश्यकता रहेको बताए । धेरै जनताले बोल्ने भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागूगर्न संविधान संशोधन गर्नुपर्ने, आदिवासी जनजातिको अधिकारलाई नेपालको संविधानको मौलिक हकमा राख्नुपर्नेमा उनको जोड थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा गुरुङ मगरहरुको बाहुल्यता रहेकाले महासंघ बलियो हुँदा कांग्रेस सबल हुने बताए । आदिवासी जनजातिले प्रजातन्त्रको रक्षा पहिल्यैदेखि गरिरहेको उनको भनाइ थियो ।

‘जनजातिहरुमा खुल्लापन छ । त्यो भनेकै प्रजातन्त्र हो, उनीहरुले आदिम कालदेखि प्रजातन्त्रको रक्षा गरिरहेका छन् । त्यसैले आदिवासी जनजाति र प्रजातन्त्रबादी बिच पहिल्यैदेखि निकट सम्बन्ध छ- मुख्य मन्त्री पाण्डेको भनाई थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्यहरु अब्दुल सत्तार, दिलमान पाख्रिन र सरस्वती तिवारी, नेपाली काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा,  प्रदेश सांसदहरु बिमला गौचन र सरस्वती गुरुङ, बाग्लुंग कांग्रेसका सभापति एबम एबम प्रदेश सांसद जीत शेरचन, तनहुँ कांग्रेसका सभापति एबम प्रदेशका अर्थमन्त्री जीतप्रकाश आले, कास्कीका किशोर बराल,  तमुसंघ नेपालका केन्द्रीय अध्यक्ष भुवनसिंह गुरुङ, आदिबाशी जनजाती महासंघका कास्की अध्यक्ष आशबहादुर गुरुङ, महासंघका केन्द्रीय सदस्य जगत बराम, र अधिबेशन संयोजक एबम कार्यक्रमका सभापति रेनुका काउछा लगायतले लोकतन्त्रवादी आदिवासी जनजाति संगठित भएर पार्टीको हितमा लाग्नुपर्ने बताएका थिए ।

१० चैत्र २०८०, शनिबार २३:१५ मा प्रकाशित
Nabintech