Play

कांग्रेस निकट जनजाती महासंघ कास्कीको क्षेत्रिय अधिबेशन, क्षेत्र २ मा अजय र क्षेत्र ३ मा राजु, क्षेत्र १ को अधिबेशन सोमबार हुने

कार्यसमितिमा बस्ने मान्छे नआउदा समितिले पूर्णता पाएन, पछी मनोनयन गरेर पूर्णता दिईने


गुरुकुल खबर


पोखरा, नेपाल लोकतन्त्रबादी आदिबाशी जनजाती महासंघ कास्की अन्तर्गत निर्बाचन क्षेत्र न २ र ३ को अधिबेशन शनिबार छुट्टा छुट्टै रुपमा सम्पन्न भयो अधिबेशनले दुई वटै क्षेत्रमा नया क्षेत्रिय कार्यसमिति निर्बिरोध चयन गर्नुको साथै प्रदेश महाधिबेशन प्रतिनिधि र संघिय महाधिबेशन प्रतिनिधि चयन गरेको छ। कास्कीको क्षेत्र न १ को अधिबेशन भने सोमबार हुने भएको छ  ।

कास्की क्षेत्र न ३ को अधिबेशनले राजु घले अध्यक्ष रहेको नया कार्यसमिति निर्बिरोध चयन गरेको छ भने क्षेत्र न २ को अधिबेशनले अजय गुरुंगलाई अध्यक्ष पदमा चयन गरेको छ । दुवै जना यस अगाडिको तदर्थ समितिको समेत अध्यक्ष हुन् ।

क्षेत्र न ३ मा अध्यक्ष पदका लागि राजु घले र मिन बहादुर गुरुङ दुई जनाले चाहना राखेपछि अन्तिममा घलेलाई अध्यक्ष र मिन बहादुर गुरुंगलाई उपाध्यक्ष रहने गरि कार्यसमिति चयन गरिएको हो । अध्यक्ष बनेका घले यस अगाडी बनेको तदर्थ समितिको समेत अध्यक्ष रहेको थिए भने मिन बहादुर गुरुङ बिगतमा बिद्यार्थी राजनीति समेत गरेका ब्यक्तित्व हुन् । उनि लामो समय शिक्षक समेत रहेर काम गरेका थिए घले र गुरुङ दुवै जना पोखरा महानगरपालिका २३ को बासिन्दा हुन् ।

निर्बाचन समितिले घले र गुरुङ दुईजना लाई मिलाउने क्रममा ३ वर्षको कार्यकाल मध्ये १ बर्ष ६ महिना राजु घलेले अध्यक्ष भएर काम गर्ने र बाँकि १ वर्ष ६ महिना गुरुंगले अध्यक्ष चलाउने गरि सहमती कायम गराईएको बुझिएको छ ।

कार्यसमितिको अर्को उपाध्यक्षमा बुध्दी पुन, सचिबमा बुध्दी श्रेष्ठ र अमृत तामांग, सहसचिबमा भिम कुमारी गुरुङ तथा सदस्यहरुमा अन्तिमा श्रेष्ठ, रामकुमार श्रेष्ठ, गणेश बहादुर पुन र निलम प्रधानलाई चयन गरिएको छ क्षेत्रिय कार्य समिति १७ सदस्यीय रहने व्यवस्था बिधानमा रहे पनि बाँकि सदस्य र पदाधिकारीहरु पछी मनोनयन गरिने भएको छ।

अधिबेशनले केन्द्रीय महाधिबेसन प्रतिनिधिहरुमा खुल्ला तर्फ राज बहादुर गुरुङ, आश बहादुर गुरुङ, बिष्णु कुमार श्रेष्ठ, भिम बहादुर गुरुङ र महिला तर्फ सिता गुरुङ र भिम कुमारी आलेलाई  चयन गरेको छ  ।

अधिबेशनको उद्घाटन नेपाली कांग्रेसका नेता आई बहादुर गुरुंगले गरेका थिए त्यस अबसरमा बोल्दै उनले आदिबाशी समुदायलाई राज्य र राजनीतिक दलले पाखा लगाउने प्रबृति कायम रहेको भन्दै भन्दै जनजाती संस्थाहरु फेशनको रुपमा मात्र नभएर जनजातिको सवालमा काम गर्न सक्ने बन्नुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेस कास्कीका उपसभापति युबराज कुँवरले काँग्रेसको उद्येश्य प्राप्त गर्न आदिबाशी जनजाती संस्था र समुदायको भूमिका महत्वपूर्ण हुने बताए  ।

नेपाली काँग्रेस कास्की क्षेत्र न ३ का सभापति मनोज गुरुंगले लोकतन्त्रबादी आदिबाशी जनजाती संघ स्थापना भएको छोटो समयमापनि कास्कीमा धेरै काम हुन सकेको र गाउँगाउँमा संगठन बिस्तार भएको भन्दै खुसि प्रकट गरे ।

नेपाली काँग्रेस केन्द्रीय प्रचार बिभागका सदस्य गंगाधर पराजुलीले नेपालमा १ सय २३ जातजाति र १ सय २८ भाषाभाषी रहेकोमा ६० वटा जति जनजातिमा सुचिकृत भएको भन्दै कुल जनसंख्याको करिब ३६ प्रतिशत जनजाती रहेको कारण जनजातिले चाहेमा देशमा परिबर्तन सम्भव रहेको बताए । उनले नेपालको संबिधानले जनजातीहरुलाई कुनै कुरामा विभेद नगरेको तर संबिधानको कार्यान्बयन नहुदा सरकारी काम काजको भाषा बनाउने तथा मातृभाषामा पाठ्यक्रम बनाउने कुरा अझै ओझेलमा परेको बताए ।

नेपाली काँग्रेस गण्डकी प्रदेशकी सदस्य सिता गुरुंगले जनजातीसंग सम्बन्धित संस्थामा काम गर्नेहरुलाई जातीय राजनीति गरेको आरोप लाग्ने गरेको भन्दै नेपाली काँग्रेसले बनाएका संस्थामा काम गर्नेहरुलाई काँग्रेस बाट नै त्यस्तो आरोप लाग्नु दुखद भएको बताइन।

नेपाली काँग्रेस पोखरा महानगरसमितिका सभापति सुरेन्द्र बिजुक्छेले नेपालमा २००७ सालमा भएको आन्दोलन देखि प्रजातन्त्र पुनस्थापना र गणतन्त्र प्राप्तिको आन्दोलनमा पनि जनजातिहरुको योगदान महत्वपूर्ण रहेको चर्चा गरे ।

कार्यक्रममा नेपाल लोकतन्त्रबादी आदिबाशी जनजाती महासंघ कास्कीका अध्यक्ष आश बहादुर गुरुंगले केहि महिनाको अबधिमा पनि कास्कीका सबै पालिका र ६ वटा प्रदेशमा अधिबेशन गरि नया नेत्रित्व चयन भएको र अब जिल्ला अधिबेशनको तयारीमा आफु हरु रहेको जानकारी दिए । उक्त कार्यक्रममा आदिबाशी जनजाती संघका नेता तथा नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व केन्द्रीय सदस्य जित बहादुर गुरुङ, माछापुछ्रे गाउँपालिकाका प्रमुख मिन बहादुर गुरुङ, नेपाली काँग्रेसका प्रदेश सभापति पुष्पेन्द्र पाण्डे, नेपाल दलित संघका क्षेत्रिय सभापति उदय नेपाली, पोखरा महानगरपालिका वडा न २ नेपाली कंग्रेसका सभापति अरुण कायस्थ, महिला नेत्री जुन जिसी लगाएतका बक्ताले आआफ्नो भनाई राखेका थिए ।

यसैगरि कास्की निर्बाचन क्षेत्र २ मा शनिबार सम्पन्न अधिबेशनले अजय गुरुङ अध्यक्ष रहेको नया कार्यसमिति चयन गरेको छ। कार्यसमितिको उपाध्यक्षहरुमा ज्योती गुरुंग र प्रिया कुमारी थापालाई राखिएको छ भने सह सचिबमा जिबन श्रेष्ठ र श्याम कुमार श्रेष्ठलाई चयन गरिएको छ।

समितिको सदस्यमा शान्ता श्रेष्ठलाई चयन गरिएको छ अधिबेशनमा सहभागीको संख्या कम भएपछी कार्यसमितिको सचिब तथा सदस्यहरु चयन गर्न नसकिएको बुझिएको छ।

क्षेत्र न २ बाट चयन भएका केन्द्रीय महादिबेशन प्रतिनिधिहरुमा खुल्ला तर्फ लिलकाजी गुरुङ, कमल गुरुङ ‘राजु’, पुजन थकाली र संजय आले र महिला तर्फ चिनु गुरुङ र शान्ति गुरुङ रहेको निर्बाचन अधिकृत कृष्ण तिमिल्सेनाले गुरुकुल खबरलाई जानकारी दिए ।

क्षेत्र न २ को अधिबेशनको उद्घाटन गर्दै नेपाली काँग्रेसका महासमिति सदस्य बिरेन्द्र नारायण बिजुक्छेले जनजातीहरुले नेपाली काँग्रेसलाई बलियो बनाउनुको साथै आफ्नो अधिकार प्राप्तिको आन्दोलनलाई संगसंगै अगाडी बढाउनुपर्ने बताए ।

नेपाल लोकतान्त्रिक आदिबाशी जनजाती महासंघ कास्कीका सचिब रिता गुरुंगले राज्यको हरेक निकायको निर्णायक तहमा र नेत्रित्व तहमा जनजातिहरुको अर्थपूर्ण सहभागिताको लागि थप संगठित हुनुपर्ने कुरामा जोड दिंदै जनजातिको संस्कृति, परम्परा र पहिचानलाई कायम राख्न यस्ता संस्थाको भूमिका महत्वपूर्ण हुने बताईन। कार्यक्रममा नेपाली काँग्रेसका महाधिबेसन प्रतिनिधि मुना बाँस्तोला, पार्टीका गण्डकी प्रदेश सदस्य आशिक गुरुङ, महाधिबेसन प्रतिनिधि राधा कृष्ण गुरुङ, कांग्रेस कास्कीका जिल्ला सदस्य अर्पण कोइर्राला लगाएतले आआफ्नो भनाई राखेका थिए।

 

५ फाल्गुन २०८०, शनिबार २२:४० मा प्रकाशित
Nabintech