Play

लेकसाइडमा पर्यटकलाई दुख दिएको आरोपमा ६ जना पक्राउ

गुरुकुल खबर


पोखरा, पोखराको पर्यटकीय क्षेत्र लेकसाईडमा पर्यटकलाई दु:ख र हैरानी दिएको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ मंगलबार बेलुका करिब ८ बजेको समयमा पोखरा ६ लेकसाइडको हल्लनचोक एरियामा पर्यकटहरुलाई दु:ख दिने, बाटो छेक्ने,  निजहरुको व्याग तान्ने,  होटल मिलाईदिन्छौ भनी पैसाको बार्गेनिङ गर्दै गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

उनीहरुलाई प्रहरीले सार्वजनिक स्थानमा होहल्ला गरी अशान्ति मच्चाउने जस्ता कार्यहरु गरेको भन्ने आरोप समेत लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेका छ जना मा पोखरा -६ बस्ने सुदिप अर्याल, सन्दिप गिरि, सुमन शर्मा, नेत्र बहादुर प्रधान, सुशील महतो र रञ्जन पौडेल रहेको कास्की प्रहरीका सूचना अधिकारीले जानकारी दिएका छन्।

उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत अभद्र व्यवहार गर्न नहुने मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको समेत प्रहरीले जनाएको छ  ।

१७ माघ २०८०, बुधबार २०:३६ मा प्रकाशित
Nabintech