Play

पोखराको सन्तानेश्वर मन्दिरको पुनर्निर्माण गर्न आयोजित ज्ञान महायज्ञ सम्पन्न, दुई करोड ८१ लाख संकलन

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका–५ प्रस्यांगस्थित सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानमहायज्ञबाट २ करोड ८१ लाख रुपैयाँ संकलन भएको छ महायज्ञका अर्थ संयोजक केशव प्रसाद अधिकारीका अनुसार दान तथा सहयोग आउनेक्रम जारी नै रहेकाले संकलित रकम ३ करोड पुग्ने अपेक्षा गरिएको छ।

प्रस्याङ बगैंचा पार्क व्यवस्थापन समितिको आयोजनामा भएको महायज्ञमा स्थानीयवासी, भक्तजन, टोल विकास संस्था, आमा समूह तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले उल्लेख्य सहभागिता जनाएका थिए। महायज्ञमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानसमेत गरिएको थियो।

महायज्ञ समापनका अबसरमा आयोजित समारोहमा बोल्दै पोखरा -५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले महायज्ञले वडावासीबीचको एकता, सहकार्य र सामाजिक सद्भावलाई थप मजबुत बनाएको बताए।

महायज्ञ आयोजक समितिका अध्यक्ष समेत रहेका स्थानीय ब्यबसायी एबम सामाजिक कार्यकर्ता शिवप्रसाद पराजुलीले सबैको सहयोग र सहभागिताकै कारण धार्मिक अनुष्ठानलाई सफलतापूर्वक सम्पन्न गर्न सकिएको बताए।

समितिका सचिव लक्ष्मण कोइरालाले महायज्ञले धार्मिक तथा सामाजिक भावनालाई एकसाथ जोड्दै स्थानीयस्तरमा एकता, सहकार्य र सहयोगको भावना थप बलियो बनाएको बताए।

महायज्ञबाट संकलित रकम मुख्यतः सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणमा खर्च गरिनेछ भने केही रकम बाढी पहिरो लगायत प्राकृतिक विपत्तिबाट प्रभावितलाई सहयोग गरिने प्रचारप्रसार संयोजक लक्ष्मण बरालले जानकारी दिए।

पुनर्निर्माणपछि नयाँ मन्दिर महाशिवरात्रिका दिन उद्घाटन गर्ने तयारी गरिएको छ। चार वटा ढोका र पञ्चमुखी शिवलिंगसहित निर्माण हुने मन्दिरलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। स्थानीय लीलाधर कोइरालाले ९२ वर्षअघि स्थापना गरेको सन्तानेश्वर महादेव मन्दिर सन्तान प्राप्ति,  पारिवारिक सुख–समृद्धि र कल्याणका लागि श्रद्धाको केन्द्रका रूपमा रहँदै आएको छ।

२५ भाद्र २०८३, बिहीबार २३:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा